माइती नेपाल सुनसरी द्धारा निशुल्क सीलाईकटाई ,इरिक्सा ,ब्युटीपार्लर कुसन तालीम ।

सुप्रिया राई

इटहरी । माइती नेपाल सुनसरीको आयोजनामा इटहरीमा निशुल्क सीलाईकटाई तालिम,इरिक्सा तालिम,ब्युटीपार्लर तालिम कुसन बनाउने तालिम भइरहेको छ ।

  विभीन्न हिंसामा परेका मानवबेचविखनमा परेकाहरुलाई कानुनी सल्लाह सुझाव दिने साथै भारत लगायत विभीन्न देशहरुमा कामको खोजीमा जाने क्रममा मानव बेचविखनमा नपरुन आफ्नो गाउठाउमा रहेर केही आर्थीक आयआर्जन गरुन  भन्नको लागी विभीन्न सीपमुलक तालीम गराउदै आएको माइती नेपाल सुनसरी कार्यक्रम संयोजक सुनीता कार्कीले जानकारी गराइन ।

 अव छिट्टै तालिम सकिन लागेको र तालिम सकिए पछि इरिक्सा तालिम लिएकाहरुलाई ७५ प्रतीसत छुट र २५  प्रतिसत बैक बाट लोन दिएर प्रमाणपत्र सहीत इरीक्सा वितरण गरीने,सीलाईकटाइ तालीम लीएकाहरुलाई मेसीन प्रमाणपत्र त्यसै गरी ब्युटीपार्लर,कुसन तालिम लिएकाहरुलाई प्रमाणपत्र वितरण तथा विदाई कार्यक्रम गर्न लागीएको पनि संयोजक कार्कीले जानकारी गराइन ।

सीलाई कटाई तालीम तर्फ गाउन,दौरा सुरुवाल,चौबन्धी चोली कुर्था सुरुवाल,सट पेन,स्टकोट,जुवारीकोट,गाउन,पाटी गाउन,लेङ्गा चोली,वानपीस झामा,सेनेटरी प्याड,रवड,हेडबिन,झोला,लगायत २०,२२ वटा आइटमहरु सीकाइरहेको प्रशिक्षक उर्मीला राईले जानकारी गराईन । 


सुप्रिया राई
प्रतिक्रिया