कोशी प्रदेशमा रास्वपाका सबै कार्यक्रम स्थगित, जाजरकोट र रुकुम पश्चिमलाई सहयोग पु¥याउनेमा केन्द्रीत

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । संगठन बिस्तारमा घनिभुत रुपमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सबै कार्यक्रम रोकेर मानविय उद्दारमा लागेको छ । जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भुकम्पले ठूलो जनधनको क्षति गरेको र त्यहाँ मानविय उद्दारको खाँचो रहेको भन्दै केन्द्रीय निर्देशन अनुसार सबै कार्यक्रम स्थगित भएको कोशी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले बताए ।

मैनालीका अनुसार कोशी प्रदेशको खोटाङका विभिन्न पालिका र वडा तथा गाउँहरुमा रास्वपाले संगठन बिस्तारसँगै विभिन्न कार्यक्रम गर्दै गरेको अवस्थामा स्थगित गरिएको जानकारी पनि दिए । मैनालीका अनुसार खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा शुभकामना आदानप्रदान सहित पालिका भेलाको आयोजना गरिएको थियो । कोशी प्रदेश महामन्त्री लालविक्रम थापाको नेतृत्वमा आयोजित सो कार्यक्रम स्थगित गरेर सबैको ध्यान विनासकारी भूकम्पले ध्वस्त भएको जाजरकोटा र रुकुम पश्चिमलाई मानविय सहायतामा केन्द्रीत गरेको मैनालीले बताए । सो कार्यक्रममा केन्द्रीय सदस्य रमेश प्रसाईको समेत उपस्थिति रहेको र जन्तेढुंगाबासीको अपार माया र सद्भावका साथ भव्य उपस्थितिलाई स्थगित गरेको जानकारी मैनालीले गराए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया