इटहरी । अनर्गल कुरा गरेर पार्टीको छवी धुमिल बनाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निस्कासित भएका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन ।
प्रहरीले उनलाई लागुऔषध बिक्री वितरण गरेको आरोपमा बिहीबार पोखराबाटै पक्राउ गरेको हो ।
लागुऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका–४ बस्ने ४२ वर्षीय प्रकाश थापामगरले पोखरा–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट सो लागुऔषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिए ।
उहाँका अनुसार फार्मेसीका सञ्चालक डा श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा श्रेष्ठले रकम लेनदेनको अभियोग लागेपछि सांसद गुमाएका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो