खगेन्द्र कार्की
इटहरी । झण्डै डेढ वर्षदेखि एउटै विषयमा एउटा मन्छेलाई एकोहोरो खेदाईको विषय सहकारी रकम अपचलनमा रविको संलग्नताले विश्व रेकर्ड नै कायम गरेको छ । सत्तामा रहँदा सम्पूर्ण राज्य संयन्त्र र विपक्षमा रहँदा पनि संसदलाई धरौटी राखेरै भए पनि यो विषयले पार अझै पाउन सकेको छैन ।
कानुनी अधिकारविहिन संसदीय छानविन समिति बनाएरै रविलाई ठिक लगाउने रणनीतिका साथ उत्रिएका नेपालका ठूला दल र तिनका नेताहरुको मुख त्यति बेला बन्द भयो जतिबेला रवि लामिछानेसँग इतिहासमै पहिलो पटक हुनसक्छ १० घण्टा लामो बयान छानविन विशेष समितिले लियो । जब छानविन समितिको प्रतिवेदन सार्वजनिक भयो त्यसबाट झनै राजनीतिक तरंगको उछाल झनै बढी पैदा गरायो । अन्ततः छानविन समितिको प्रतिवेदनले रविको कुनै पनि सहकारीमा संलग्नता नभएको र कुनै रकम नल्याएको प्रतिवेदन सार्वजनिक गर्र्यो । अब आयो फेरी दल र नेताको छविको कुरा । एउटै कुरालाई यति लामो समयसम्म खेदाईको छ, पार त लगाउनै पर्यो, सरकार पनि आफ्नै छ । अहिले त प्रधानमन्त्री बाहिर, कार्यवहाक पनि हामी, गृहमन्त्री पनि हामी किन छोड्ने ठोक भनेर उनीहरुलाई रविको पक्राउको हल्ला फिँजाए । कम्तीमा एकै रात भए पनि पुलिसको कष्टडीमा राख्न पाइयो भने त जित हाम्रो हुन्छ गुलियो सपना ति दल र नेताको थियो अन्ततः त्यो पनि तुहिन पुगेपछि कागती निचोरेर फ्याके जस्ता अहिले ती नेता अनुहार भएका छन् । रविको विरोधको दौडमा पहिला एउटा दल केही अन्य थिए भने पछिल्लो समयमा देशका दुई ठूला दल र तिनको लगौटी समाएर सत्तामा पुगेका सबै नै रविको विरुद्धमा खनिँदा पनि पार लगाउन नसक्ने भनेको कति लाजमर्दो भयो होला भनिसक्नु छैन । तर पनि अझै उनीहरुको तानाबाना र षडयन्त्रको पोकाहरु बुन्न चाहि छोडेका छैनन । अझै पनि केही न केही गरेर छाड्छन त्यो घटनाक्रमले देखाउँदै गएको छ ।
कुनै पनि सहकारीबाट लामिछानेले रकम लिएको तथ्य र प्रमाण नभेटिएको उक्त समितिले प्रतिवेदन बुझाए पछि लामिछाने र उनको दल र तिनका नेताले क्लिन चिट पाएको बताए । किनकी सहकारीबाटै रकम अपचलनमा रविको हात छ भन्नेहरुको मुख बन्द भएको त्यो प्रतिवेदनले बोलेपछि त्यो क्लिन चिट बराबर नै थियो र बोले पनि । त्यो बोलीलाई प्रमाणित गर्न समितिका सभापति सूर्य थापाले व्यक्तिगत मात्र होइन संस्थागत रुपमा पनि कुनै माइन्युट समेत नगरेको पाइयो, यस कारण रवि लामिछाने सहकारीमा संलग्न भएको नदेखिएको भनेर मिडियामा बताउँदै हिंडिरहनुले पनि त्यो कुरा प्रमाणित गरेकै छ । यद्यपि उनको त्यो बुझाईलाई त्यसबेला गलत सावित गरियो जतिबेला उनलाई पक्राउ पुर्जी जारी गरेको हल्ला चलाएर व्यक्ति, परिवार र दललाई नै निकै तानवमा राखियो ।
पूर्व डिआईजी छविराज जोशीलाई पक्राउ गरेपछि अब पालो रविको भन्ने हल्ला व्यापक रुपमा चल्यो । हल्लै हल्लामा देशको राजनीति निकै तरंगित पनि बन्यो । लामिछानेलाई पक्राउ गर्ने हल्लाका बीच आइतबार साँझ रास्वपाको केन्द्रीय कार्यालय, वनस्थलीमा कार्यकर्ता र समर्थकहरूको भिड लागेको थियो।
त्यहाँ सम्बोधन गर्ने क्रममा लामिछानले आफूले “हरेक पटक अनुसन्धानमा गएर प्रक्रियालाई सघाएको भन्दै सरकारले “मिडिया टूायल” गर्न खोजेको आरोप लगाएका थिए । त्यही हल्लाले चीन भ्रमणमा गएको रास्वपाको जम्बो टोली पनि भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किसकेको छ । यहि अवधिमा प्रधानमन्त्री अमेरिका भ्रमणमा रहनु, कार्यवहाक प्रधानमन्त्री, गृहमन्त्री कांग्रेसको हातमा परेको बेलामा भएको यो द्रुत गतिको घटनाले आशंका गर्नुपर्ने ठाउँ दिएको छ । तर, पक्राउको हल्लाले रास्वपाको कार्यालयमा जसरी कार्यकर्ताको भिड देखियो, हल्ला भयो त्यो भिडलाई एमालेका नेताहरुले अत्तालिएको मानसिकतामा जोडे । सहकारी छानविन समितिका सभापति सूर्य थापाले( कुरै नभई कपोलकल्पित रुपमा हतास मनस्थितिले अत्तालिएर पक्राउको कुरा ल्याएर कार्यकर्ता भेला गरेको भए पनि पक्राउसम्बन्धी कतै कुनै कुरा नउठेको बताए । विभिन्न मिडियामा अन्तर्वार्ताका क्रममा यसैगरी नेकपा एमालेका नेताहरुले यसलाई अत्तालिएकै रुपमा लिए पनि लामिछानेले स्वस्फुर्त रुपमा साथीहरुको उपस्थिति रहेको बताएका छन् । उनले हुँदै नभएको कुरा हो भन्ने भ्रम पार्ने गरी एक वर्षदेखि मिडियाहरुले आफुलाई पीडामा राखेको पनि बिहीबार लाइभ भिडियोमा बोलेका छन् । उनले भनेका छन्–लाखौं बचतकर्ताको विषय छोडेर मात्र रवि लामिछानेको पछाडि दौडिनु कति न्यायोचित होला प्रश्न गरे । उनले भने– आम मानिसले देख्दा खेरी एउटा मान्छेलाई जसरी पनि दोषी देखाउनै पर्छ भन्ने जस्तो पारियो ।
खास गरेर नेपाली कांग्रेसले यस अघि रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको बेलामा बोलेका विषयहरु प्रमाणित गराउनका निम्ति पनि आफुमाथि विभिन्न खालका विषय निकालेर गोरखा मिडियामा आएको पैसामा ल्याएर जोड्न खोजेको स्पष्ट पारेका छन् । उनले गोरखा मिडियामा आएको रकमको सम्बन्धमा कारवाही भोग्न र त्यहाँ आएको रकम जिम्मेवारी लिने विषयमा आफु कहिल्यै नभाग्ने र पीडित बचतकर्तालाई न्याय दिलाएरै छोड्ने पनि बताए ।
कम्पनीमा आएको रकम खर्च गरेको र चेक काटिएको विषयमा मत विभाजन भएको छ । एक थरीले कम्पनीमा जिम्मेवारी बोकेको व्यक्तिले त्यसको जिम्मेवारी लिनुपर्ने बताइरहेका छन भने अर्को थरीले कुनै कार्यालयमा जाँदा मालिकले कहाँबाट आयस्रोत जुटायो, कसरी तलब वा अन्य खर्च गर्दैछ भनेर सोधेर जागिर जानुपर्ने वा जिम्मेवारीमा बस्नुपर्ने अवस्था आयो भनेर पनि परिभाषित गरिएको छ । व्यवहारिक रुपमा कुनै पनि मानिस कसैका जागिर खान जाँदा उसको आम्दानीको स्रोत सोध्न नमिल्ने र सोधे पनि मालिकले त्यसको दिन इन्कार गर्न नै हुन्छ । तर यहाँ जवरजस्त रुपमा रवि लमिछाने प्रबन्ध निर्देशक भएको र १५ प्रतिशत शेयर समेत लिएर मालिक बनेको कारणले उक्त रकमको जवाफदेही बन्नुपर्ने सरकार पक्षको भनाई रहेको छ । यद्यपि रविले त्यसलाई इन्कार नगरी आफु त्यसको सजाय भोग्न पनि तयार र लाखौं बचतकर्ताको रकम त्यसरी आफूलाई थाहै नदिई ल्याएर आफुलाई फसाउने काम गरेको हुँदा त्यसको जवाफदेहिता र जिम्मेवारी लिने बताएका छन् । आफ्नो कार्यकालमा आएको अवैधानिक आर्थिक कारोबारको नैतिक, कानुनी र आर्थिक रुपबाट जुन जुन पक्षबाट जिम्मेवारी लिनुनपर्ने हो आफु तयार रहेको पनि उनले बताए । उनले सहकारीको प्रतिवेदन जति फाष्ट टू्याकबाट काम गरियो त्यसैगरी अन्य सबै समितिमा रहेका यस्तै अन्य मुद्दाहरुको टिकापुर, बासबारी, वाग्लुङ, विषयमा पनि यसरी नै काम गर्न शुभकामना पनि दिए । तर छलछाम गरेर संगठीत अपराधमा हालेर आफ्नो राजनीतिक भविष्य जोगाउन मलाई वा पार्टीलाई बलिभेदीमा हाल्छु भन्ने सपना चाहि नबोक्न समेत आग्रह गरे । संख्यामा कमजोर भए पनि इमानमा कमजोर नभएको स्पष्ट पारे ।
उनले गोर्खा मिडियामा काम गर्दाको अर्को तथ्य के पनि आयो भने– जीबी राई र छविले गोर्खा मीडिया खोलेको ८ महिना २९ दिन पछि मात्रै १५ प्रतिशत दिएर रवि लामिछानेलाई प्रबन्ध निर्देशक बनाएको छ । उक्त मिडियामा ६४ करोड रकम उनी पदमा रहनु भन्दा ८ महिना १९ दिन पहिला नै आएको प्रमाण हेर्दा रविले ५ महिना २७ दिन मात्रै कुर्सीमा बसेर काम गरेको देखिन्छ । भएको पैसाको चेक काटेका होलान तर त्यो उनी कुर्सीमा बसिसकेपछि कुनै पनि रकम नआएको हुँदा यसको जिम्मेवारी लिन्न भन्न पनि सक्थे तर उनले त्यसो नभनी आफु पदमा रहँदा भएको कारोबारको जिम्मा लिने पनि उनले बताएकै छन् । नभाग्ने, अन्याय नगर्ने र अन्याय हुन नदिने र नहसने उनको बानीलाई अहंकारी घमण्डीको संज्ञा पनि दिइएको छ । सहकारी छानविन विशेष समितिका सभापतिले पनि यसैलाई इगित गर्दै रविले पुराना पार्टीपति देखाएको वैरभाव र म नै सर्वेसर्वा भनेमा कुरा मिल्ने जस्तो गरी पनि अन्तर्वार्तामा भन्नुले पनि पनि रवि गल्तिले होइन प्रतिशोधका लागि यस्तो खेल खेलिएको होकि भन्ने आशाका जन्माएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो