साधन श्राेत उच्च बनाउनकाे लागि बजेट खर्चिन काेशी प्रदेश तयार छ मुख्य मन्त्री हिक्मत कार्की

सुप्रिया राई

इटहरी । बाढिपैराे,भुकम्प,बन्यजन्तु आक्रमण,काेराेना महामारीहरु बाट जनताको जिउधन रक्षाका लागि नेपाली सेना,नेपाल प्रहरी,ससस्त्र प्रहरीवल लागिपरेको छ त्यसमा काेशी प्रदेश सधै सहयोग गर्न तयार रहेकाे काेशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले बताएका छन् ।                                                 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय काेशी प्रदेशकाे आयाेजना तथा पु्र्बी पृतना हे. क्वा.इटहरीले सञ्चालन गरेकाे काेशी प्रदेस बिपद जाेखिम न्युनिकरण र ब्याबस्थापन तालिमको चतरा काेशी पुलमा भएकाे समापन कार्यक्रममा मन्त्री कार्कीले उक्त कुरा बताएका हुन ।             

७२ सालकाे भुकम्प,बाढिपैराे,सडक दुर्घटना  अस्ति भरखरै पस्चिममा गएकाे भुकम्प लगायत धेरै प्राकृतिक  बिपदहरुमा हाम्रो सुरक्षा निकायहरुले असाध्यै सिमित साधन श्राेतका साथ राष्ट्र सेवककाे हिसाबले याेगदान पुर्‍याएकाे भन्दै  मन्त्री कार्कीले धन्यवाद दिएका छन् ।       

   काेशी प्रदेस सरकार सधै साधन श्राेत उच्च सम्पन्न बनाउने जनसक्ति उच्च बनाउने क्रममा के कस्ताे याेगदान गर्नु पर्छ बजेट के कस्ताे अंसमा खर्चिनु पर्छ यसकुरामा सधै तयार रहेको साथै प्राकृतिक प्रक्राेपकाे बेलामा सुरक्षा निकायहरु सगै जनप्रतिनिधि,नेपालs रेडक्रस साेसाइटि,सराेकारवाला निकायहरुले याे हामी सबैकाे दायित्व हाे भनेर लागिपरेमा सहजताका साथ  सफलता प्राप्त गरिने समेत मन्त्री कार्कीले बताए ।                                                             

२दिन सम्म बिराटनगरमा विभिन्न बिज्ञहरु बाट अभ्यास गराएर तेस्राे दिन चतरा काेशी पुलमा पानिमा डुबेका मानिसहरुलाई हेलिकप्टरबाट उद्वार गरि सुरक्षित स्थानमा लगिनुका साथै ,माछा मार्ने क्रममा नदिमा डुबेका मानिसहरुलाई तत्काल नदि बाट बाहिर निकालियाे,खालि गाग्रो लाई २ पटि च्यापेर नदिमा पाैडिने लगायतका कलाहरु देखाउनका साथै बिपदमा प्रयाेग गरिने सामाग्रिहरु प्रदर्शनी गरिएकाे थियाे । । 

सुप्रिया राई
प्रतिक्रिया