काठमाडौँ : पाटन नगरपालिकामा शनिबार बिहान जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुपप्र ०४ ००१ ज १३७२ नम्बरको शनिबार बिहान ५ः३० बजे पाटन–६ स्थित खिपालीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
चालक डिलासैनी गाउँपालिका-१ का २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
डिलासैनी-१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए। राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए। जीप सडकबाट करिब १०० मिटर तल भिरमा अडिएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो