झापा / ठाडाराई अधिकारी सेवा समाजले आफ्नो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि पुराण आयोजना गर्ने भएको छ ।
झापाको सुरुङ्गा कोटीहवन स्थित समाजको आफ्नै भवनमा आगामी बैशाख ५ गतेदेखि १३ गते सम्म ९ दिन नारद महापुराण महायज्ञ हुन लागेको हो । देश विदेशमा छरिएर रहेका सम्पूर्ण ठाडाराई अधिकारी बन्धुहरूलाई एउटै सूत्रमा बाँध्ने, आपसी भेटघाट गराउने र बंशावली खोज अनुसन्धान गर्ने उद्देश्यले २०५० देखि विभिन्न कार्य गर्ने र वर्षेनी पुराण लगाउदै आएको छ ।
ठाडाराई अधिकारी सेवा समाजले आफ्नो भवनबाट बन्धुहरूको हितमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । पुराण धार्मिक अनुष्ठान मात्र नभएर, छरिएर रहेका बन्धुहरूबीच एकता र आत्मीयता बढाउने एउटा महत्त्वपूर्ण अवसर भएको अध्यक्ष दान बहादुर अधिकारीले बताएका हुन ।
महापुराणका प्रमुख कथावाचक पं. श्री ताराप्रसाद कुइकेल र उप–कथावाचकका रूपमा पं. श्री बाबुराम नेपाल रहने पुराण समितिको संयोजक गोमा अधिकारीले जानकारी गराइन ।
त्यसै गरी महापुराणको व्यवस्थापन तयारीका बारेमा जानकारी दिँदै संस्थाका सचिव धुर्व कुमार अधिकारीले अहिले तयारी पूरा भइसकेको बताएका छन् ।
देश भित्र बाहिर गरि सधैं झै २० हजार बढी अधिकारी बन्धु बान्धवहरुको सहभागीता रहने जानकारी दिएको छ । पुराणको अवसरमा जो कोहिको निशुल्क व्रर्तबन्ध, चौरासी, जेष्ठ नागरिक सम्मान गर्ने ठाडाराई अधिकारी सेवाले जानकारी दिएको छ ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो