फाष्ट मिडिया नेपाल (फामने) संवाददाता
इटहरी । यामाहा कम्पनिका स्कुटरहरुका पारखीलाई लक्षित गरी कोशी प्रदेशका उपभोक्ताहरुका लागि यामाहा मोटर साईकल तथा स्कुटरको इटहरी आधिकारिक विक्रेता तिरुपति अटो सिटीले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्ग बजारमा ल्याएको छ ।
उद्योग वाणिज्य संघ कोशीका वरिष्ठ उपाध्यक्ष भीमबहादुर पौडेले तिरुपति अटो सिटीले भित्र्याएको यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्गको एक कार्यक्रम विच सार्वजनिक गरेका हुन् ।
यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ्गको सार्वजनिकरण कार्यक्रममा शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन साथै नेपाली बाटो सुहाउदो भएका कारण नेपाली उपभोक्ताहरुको रोजाईमा पर्न थालिसकेको यामाहा कम्पनिको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका नेशनल जेनरल मेनेजर दीपक रौनियारले जानकारी दिए ।
तिरुपति अटो सिटी इटहरी सञ्चालक संयोग पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, नागरिक समाज इटहरीका निवर्तमान अध्यक्ष राजु केसी, ढुवानी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर डुम्जन लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो