दमक । “दमक सफा हुनुपर्छ ! हरियाली हुनुपर्छ ! “भन्ने नारासहित दमक ७ स्थित ट्याक्सी स्टेशनमा केही युवाहरूले हरियाली अभियान थालेका छन् । विभिन्न प्रजातिका ९३ वटा बिरुवा रोपेर त्यसलाई माया गर्दै हुर्काइरहेका ती युवाहरू अहिले बिरुवा संरक्षणमा देखिएको बेवास्ताले हैरान भएका छन् ।
स्थानीय युवाहरूको अगुवाइमा सुरु गरिएको यो अभियानमा बिरुवाहरू राम्ररी हुर्किएका छन्। तर, सो स्थान राजनीतिक दलहरूको सभा स्थलजस्तो बन्दै गएकाले बिरुवा तोडफोड र उखेलिने जस्ता गतिविधिहरूले उनीहरूलाई निराश बनाएको छ ।
“हामीले यो काम कुनै राजनैतिक लाभको लागि होइन, समाज सेवा र वातावरण संरक्षणका लागि गरेका हौं,” स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए, “तर संरक्षण नहुँदा हामी मर्माहित भएका छौं।”
दमक ७ नगरपालिकाले सो स्थानमा राजनीतिक कार्यक्रम गर्न नपाइने भनेर पत्र जारी गरे पनि त्यसको कार्यान्वयन नभएको उनीहरूको गुनासो छ।
स्थानमा विभिन्न दाताहरूको सहयोगमा फलैचा, बत्ती, निःशुल्क वाइफाइ, धाराको सुविधा तथा कलजस्ता सामग्रीहरू पनि स्थापना गरिएको छ । यी सबै सुविधा तथा हरियालीको संरक्षणमा स्थानीय सरकारको ध्यान पु¥याउन युवाहरूले बारम्बार आग्रह गर्दै आएका छन् । तर हालसम्म कुनै ठोस कदम नचालिएको उनीहरूको भनाइ छ ।
स्थानीय सरकारले युवाहरूको प्रयासप्रति गम्भीर ध्यान दिनुपर्ने र सार्वजनिक स्थानमा हरियाली जोगाउने दिशामा तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो