खेलकुदको माध्यमबाट खेलाडीहरुले राष्ट्रको गौरव बढाएको बाहिनीपति सुवेदीको भनाई

सुप्रिया राई

इटहरी । ससस्त्र प्रहरीवल फौजीका सदस्यहरुले खेलकुदको माध्यम बाट राष्ट्रिय,अन्तराष्ट्रिय स्तरमा गौरब बढाई रहेको बाहीनीपती शम्भु सुबेदीले बताएका छन् ।

ससस्त्र प्रहरीवल १ नम्वर बराह बाहिनी मुख्यालय सुनसरीको आयोजनामा भएको बाहिनीपती खेलकुद प्रतियोगीताको विजयी खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रममा वाहिनीपती सुबेदीले उक्त कुरा बताएका हुन् ।

 खेलले सारीरीक तन्दुरुस्ती,अनुसासन,बनाउनका साथै ब्याक्तिगत जीवन सग सम्वन्धीत आफ्नो योग्यता,क्षमता र सीपलाई सक्रिय वनाउन मद्धत गर्छ त्यसैले यहा बाट उत्कृष्ट छानीएका सवै खेलाडीहरुलाई देशै भरीका खेलमा प्रतिसप्रर्धा गर्न सक्नु हुनेछ भन्दै बधाई तथा सुभकामना पनि बाहिनीपती सुबेदीले दिएका थिए ।

 फाइनल  खेलमा फुटवल तर्फ इलामले सात स्वर्ण,एक रजत,६ कास्य हात पार्दै बिजयी भएको थियो, भने प्रतियोगीतामा भलिवल,एथलेटिक्स,ब्याडमिन्टन,कबडी र टेवल टेनिस खेलको प्रतियोगीता भएको थियो र सबै विजयी खेलाडीहरुलाई विभिन्न गणका गणपतीहरुले ट्रफी,मेडल,प्रमाणपत्र वितरण गरेका थिए,प्रतियोगीतामा सात गण र नौ गुल्मका खेलाडीहरुको सहभागीता रहेको थियो । 

खेलकुदको माध्यम बाट खेलाडीहरुले राष्ट्रको गौरव वढाएको बाहिनीपती शम्भु सुवेदीले बताएका छन् ।


सुप्रिया राई
प्रतिक्रिया