ताप्लेजुङ । ताप्लेजुङमा सत्ता साझेदार दल नेपाली कांग्रेस निकट तीन वटा भातृ संस्थाको नयाँ नेतृत्व एकसाथ चयन गरिएको छ। भातृ सङ्गठनहरू नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घ र आदिवासी जनजाति विभागीय समितिको नेतृत्व एकसाथ चयन गरिएको हो।
नेपाली कांग्रेस ताप्लेजुङका सचिव युकहाङबिर हाङ्गाम (डम्बर) का अनुसार उक्त तीन भातृ संस्थाको एकै दिन संयुक्त जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिएको हो। मेरिङ्देन गाउँपालिका अध्यक्षसमेत रहेका हाङ्गामले तीनवटै संस्थाको प्रथम अधिवेशन एक साथ सम्पन्न गरिएको जानकारी दिए ।
सदरमुकाम फुङ्लिङमा सम्पन्न गरिएको अधिवेशनबाट दादार्ची शेर्पा अध्यक्ष रहेको १९ सदस्यीय नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ जिल्ला कार्यसमिति चयन भएको छ । कार्यसमिति उपाध्यक्षमा काजी शेर्पा, सचिव शङ्कर शेर्पा (तेन्जिङ) सहसचिव ल्हाक्पा कर्मा शेर्पा र कोषाध्यक्षमा सुशीला शेर्पा चुनिए ।
यस्तै नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको जिल्ला अध्यक्षमा जुनकला लिम्बू , उपाध्यक्षमा सीता लेछर्बो, सचिव डिल्ली फुरुम्बो, सहसचिव शर्मिला बान्तावा राई र कोषाध्यक्षमा शिवकला केदेम लिम्बू चयन भएका छन् । लिम्बू सङ्घका केन्द्रीय सदस्य प्रमिला जबेगुको प्रमुख आतिथ्यतामा जिल्ला कार्यसमिति चयन गरिएको बताइएको छ ।
यसैगरी मिङ्मा याङ्गेल शेर्पा अध्यक्ष रहेको आदिवासी जनजाति विभागीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा टङ्कराज वनेम, सचिव मनमाया तामाङ, सहसचिव हिमकला गुरुङ र कोषाध्यक्षमा जुनकला लिम्बू चयन भए । तीनवटै भातृ संस्थाको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि शिला इजमले जानकारी दिईन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो