नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा राजविराजका अख्तर पक्राउ

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चितवनबाट एक जना विद्यार्थी पक्राउ परेका छन् । एमबीबीएस अध्ययनरत राजविराजका नसिम अख्तरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । 

अख्तर गएराति सीआईबीको कब्जामा परेका हुन् । सप्तरीको राजविराज–७ स्थायी ठेगाना भएका अख्तरको थप अनुसन्धान हुँदैछ।

अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्। उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ।

खगेन्द्र कार्की
प्रतिक्रिया