नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट भएको छ ।
नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित सिफारिस समितिले चार जनाको नाम सर्टलिस्ट गरेको हो ।
अध्यक्ष छनौट सिफारिस समितिले सेबोनको कार्यकारी निर्देशकबाट अवकाश पाएका डा. नवराज अधिकारी, सेबोनकै निर्देशक विनयदेव आचार्य, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री र राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टको नाम सर्टलिस्ट गरेको हो ।
००००
प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
मंगलबारको संसदीय सुनवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । शर्मामाथि परेका उजुरीबारे समिति बैठकमा छलफलसमेत भएको थियो भने त्यसको जवाफसमेत उनले दिएका थिए ।
सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको समिति सभापतिले जानकारी दिए ।
००००
केन्द्रीय कमिटीको बैठक उल्टाउँदै नेकपा एमाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु, भक्तपुरमा सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।
२०८२ साउन ७ मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले संविधानको संरक्षक भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको थियो ।
१० महिनापछि केन्द्रीय समितिको निर्णय उल्टाउँदै एमालेले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । यसअघि विद्याको सदस्यता नवीकरणको चर्को विरोध गरेका ओलीले नै सदस्यता नवीकरण गर्न प्रस्ताव गरेका थिए ।
उपमहासचिव लेखराज भट्टका अनुसार ११ वटा एजेन्डा रहेकोमा सोमबार भण्डारीको सदस्यता नवीकरणको एउटा मात्र निर्णय भएको छ ।
००००
प्रधानन्यायाधीश सिफारिश विवाद उत्कर्षमा पुग्दा सर्वोच्च अदालतमा सोमबार दिनभर रस्साकस्सी र उकुसमुकुसको स्थिति बन्यो ।
दरपीठ भएका रिटहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश र कर्मचारीहरूको अटेरीले दिनभर रस्साकस्सी चलेको हो ।
प्रधानन्यायाधीश सिफारिसविरुद्ध वरिष्ठ अधिवक्ता डा= दिनेश त्रिपाठी, अधिवक्ता डा= प्रेमराज सिलवाल र अधिवक्ता गीता थापा रिट लिएर सर्वोच्च पुगेका थिए ।
तर, २०८३ वैशाख २५ गते सर्वोच्च प्रशासनले उनीहरूको रिट दर्ता गर्न अस्विकार ub}{ b/ljk7 गरिदियो । दरपिठको आदेशविरुद्ध दिइएको अर्को निवेदनलाई पनि प्रशासनले …होल्डÚ गरेर राखिदियो ।
यो रिट निवेदन प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले न्यायाधीश डा. मनोजकुमार शर्मालाई भावी प्रधानन्यायाधीशमा सिफारिस गर्ने गरी गरेको निर्णयविरुद्ध थियो ।
वरिष्ठ अधिवक्ता त्रिपाठी, अधिवक्ता सिलवाल र थापा लगायतका निवेदकहरू भोलिपल्टै सर्वोच्च पुगेका थिए । तर, अदालत प्रशासनले वैशाख २५ गते रिट दर्ता गर्न अस्विकार गर्दै दरपिठको निर्णय गर्यो ।
दरपिठको आदेशविरुद्ध पुनः ती रिट निवेदकहरूले दिएको निवेदनविरुद्धको सुनुवाइका लागि न्यायाधीशको इजलाशमा पेश गर्नुपर्नेमा सर्वोच्च प्रशासनले ‘होल्ड’ गरेर राखिदियो ।
किनभने त्यो रिट निवेदन संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका न्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्ध थियो ।
रिट दर्ता गरी जेठ ४ गते संवैधानिक इजलाशमा पेश गर्नुपर्नेमा सो नगरी होल्ड गरिएको भन्ने विषयमा जेठ २ गते रिट निवेदकहरूले कामु प्रधानन्यायधीशसमक्ष न्यायको बाटो अवरुद्ध गरिएको भन्दै मौखिकरूपमा भेटेर गुनासो गरेका थिए ।
००००
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले कायममुकायम (कामु) प्रधानन्यायाधीशको आदेशको अवज्ञा गरेको भन्दै आपत्ति जनाएको छ ।
सोमबार साँझ विज्ञप्ति जारी गर्दै बारले अदालतको प्रशासनिक अवरोध र संसद्मा विचाराधीन मुद्दामाथि भएको छलफलको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
००००
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका विषयमा दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लका विषयमा प्रश्न उठाए ।
००००
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन शुरू गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।
समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
००००
चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् ।
उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो ।
००००
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ।
मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ।
००००
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि प्रस्तावित डा. मनोज शर्माको सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । बैठक मंगलबार बिहान पौने १० बजेलाई राखिएको समिति सचिवालय स्रोतले जानकारी दियो ।
००००
प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरेको हो ।
उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले बताए । तर उनलाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन ।
००००
केन्द्रीय कारागार, जगन्नाथदेवलस्थित महिला बन्दीगृहबाट फरार भएकी सपना तामाङ आइतबार राति पक्राउ परेकी छन् । प्रहरी निगरानी, काँडेतार र उच्च सुरक्षा व्यवस्थाबीच उनी कसरी भाग्न सफल भइन् भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा पुगेको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको हो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो