हिमाल आरोहण गरेर फर्किएका नेपाली कांग्रेस महामन्त्री शर्मालाई झापा कांग्रेसको सम्मान

फाष्ट मिडिया नेपाल संवाददाता

कांग्रेसका उपलब्धी छायाँमा परेको शर्माको गुनासो


इटहरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा सम्पन्न हुने बताएका छन् । नेपाली कांग्रेस झापाको  विस्तारित बैठकलाई  सोमबार सम्बोधन गर्दै शर्माले  २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई  भदौमा महाधिवेशन हुने बताएका हुन ।
लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वम  ा भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले नसकेको तर, अन्य दलले साना उपलब्धीलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको टिप्पणी गरे । लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै महामन्त्री शर्माले शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार एवं सडक सञ्जाल, विद्युत विस्तारमा उल्लेखनीय प्रगति भएको दावी गरे । कांग्रेस झापाको पुनर्निर्माण भइरहेको पार्टी कार्यालयलाई आधुनिकीकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै आफूले सक्दो सहयोग पु¥याउने बताए ।
विस्तारित बैठकका बीच सगरमाथा आरोहणका क्रममा ७ हजार २ सय मिटरसम्मको यात्रा पूरा गरी फर्केका शर्मालाई नेपाली कांग्रेस झापाले सम्मान गरेको थियो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्लाका पदाधिकारी, सदस्य, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ÷नगर सभापतिहरुको विस्तारित बैठकका बीच महामन्त्री शर्मालाई सम्मान गरिएको हो । लगभग एकमहिना अघि सगरमाथा आरोहणमा निस्कनुभएका शर्मा ७ हजार २ सय मिटरको उचाइमा पुगेर फर्केका थिए । सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ भने नेपालतर्फको आधार शिविर ५ हजार ३ सय ६४ मिटर उचाइमा छ । सम्मानपछि बोल्दै महामन्त्री शर्माले 
नेपाली कांग्रेस झापाप्रति आभार ब्यक्त गरेका थिए । यसैबीच बैठकले आगामी असार १५ गते धान दिवस मनाउने निर्णय गरेको छ । बैठकले नेपाल किसान संघको आयोजनामा हल्दिबारी गाउँ समितिका उपसभापति होम चुडालको खेतमा रोपाई गरी धान दिवस मनाउने निर्णय गरेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया