पाठकको पुर्पुरो : वि.सं. २०८१ आषाढ १८ गते (तद्अनुसार सन् २०२४ जुलाइ २ तारिख) मंगलबार, ॐ गनगणपताय नमः सबैका लागि दिन फलिफाप होस् ।

फामिने ज्योतिष

मेष – चाहेअनुसार आजको दिन त्यति सुखद नरहन सक्छ । आवश्यकताभन्दा ज्यादा बोल्न खोज्दा बन्न लागेको काम पनि बिग्रन सक्छ, ध्यान पुऱ्याउनु उचित हुनेछ । सन्तान पक्षबाट खोजेजस्तो सहयोग नपाउँदा मन दुख्न सक्छ, धैर्यताको जरुरत छ । स्वास्थ्य पनि सबल नरहन सक्छ । समस्यामा मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – आजको दिन काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने देखिन्छ । जाँगर वृद्धि हुनेछ भने रोकिएका कामहरु बन्न थाल्ने योग छ । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर होला । मित्रजनबाट साथ–समर्थन मिल्ने समय छ । खर्च भने केही वृद्धि हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य सार्थक बन्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – नियमित काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्ने समय छ । उद्योग धन्दामा लगानी गर्दा फाइदा हुने देखिन्छ । गर्दै आएको कामबाट फाइदा हुने योग छ । धनलाभ होला । आर्थिक कार्यमा आकर्षण रहनुका साथै कर्मबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । स्वास्थ्य सबल रहनेछ ।

कर्कट – कर्मबल र शुभता बढ्नेछ । बिस्तारै कामहरु बन्न थाल्नेछन् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । घरपरिवारबाट सुखशान्ति मिल्ला । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । फजुल खर्च पनि वृद्धि होला । कामकै पछि लागेपनि परिणाम आधा–अधुरो रहने सम्भावना छ । मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नाले महत्वपूर्ण कर्म बिथोलिन सक्छ, सचेत रहनुहोला ।

कन्या – काममा खासै मन नगएपनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । दौडधुप बढ्ला, तर प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । नयाँ लुगा र मीठा परिकारको आनन्द मिल्ने देखिन्छ । यात्रागत कार्य गर्नुछ भने त्यसै–त्यसै अलमल हुन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने समय छ । आत्मबल बढ्नेछ भने ब्यापारमा सोचेअनुरुपकै लाभ होला । धैर्यधारण गरी परिश्रम गर्दा सुखद परिणति मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । आरोग्यबल बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।

वृश्चिक – अधुरो काम सम्पन्न हुने खालको दिन रहेको छ । पैतृक सम्पतिबाट लाभ हुनेछ भने व्यवसायिक कार्यमा आर्थिक लाभ पनि होला । धार्मिक कार्यमा संलग्न हुने समय छ । प्रेमभाव बढ्नेछ । रोकिएको काम विशेष मिहेनतले बन्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ । आजको दिन केही विवादमा परिने योग छ, सावधान रहनु हितकर होला । सोचेको काम पूरा गर्न निकै परिश्रम पर्ला । समय खासै राम्रो नभएकोले विशेष सावधानी अपनाउनु उचित हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – व्यस्तता बढ्नेछ । दिन चुनौतीयुक्त रहला । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । घर-परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने योग छ ।

कुम्भ – शुभदायी समय छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ भने बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध रहला । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । समग्रमा दिन रमाइलोको साथ बित्ने देखिन्छ ।

मीन – उत्साहजनक समय छ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मान–सम्मान पनि पाइएला । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने योग छ । सेवाभाव वृद्धिका साथै दान पुण्यका कार्यमा आकर्षण रहनेछ । आरोग्यता रहनेछ । सुख–सुविधाको वस्तु बढ्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया