इटहरीमा सांस्कृतिक भूमि संरक्षणबारे अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

सुप्रिया राई


इटहरी । किरात राई यायोक्खा प्रदेश कार्यसमितिको आयोजनामा सांस्कृतिक भूमि संरक्षणका लागि नीति तथा ऐन निर्माण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ।

किरात राई यायोक्खा प्रदेश कार्यसमितिका अध्यक्ष पारसमनी राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा चन्द्र हतुवाडी र अधिवक्ता भीम राईले सहजीकरण गरेका थिए।

गोष्ठीमा जनजाति  समुदायको पुरानो संस्कार र संस्कृति संरक्षण गर्ने उपायहरूबारे गहन छलफल गरिएको थियो। साथै परम्परागत सांस्कृतिक भूमिहरूमा स्वास्थ्य केन्द्र, प्रहरी चौकी लगायतका सरकारी संरचना निर्माणका नाममा भएको अतिक्रमणलाई कसरी व्यवस्थापन तथा फिर्ता गर्न सकिन्छ भन्ने विषयमा समेत सहभागीहरूले आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न जनजाति संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सांस्कृतिक पहिचान जोगाउन एकीकृत पहल आवश्यक रहेकोमा जोड दिएका छन्।

सुप्रिया राई
प्रतिक्रिया