मेष – सोचेभन्दा कमै फाइदा मिल्ने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहनाले श्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, दिगो फाइदा हुने काम प्रारम्भ हुने योग छ । इर्ष्या गर्नेहरूसँग सजग रही काम गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ भने यात्रा सफल रहनेछ । आमोदप्रमोदको परिवेश रहनेछ ।
वृष – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । तर, सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । तपाईंको सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – आजको दिन व्यस्तता वृद्धि हुने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने दिन छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । मान पुरस्कार प्राप्ति र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । ब्यवसायमा राम्रै लाभ होला । तर, अरूको भर पर्दा धोका हुन सक्छ, होस राख्नुहोला । परिस्थितिअनुसार चल्न नसक्दा मान्यजनसँग असमझदारी बढ्न सक्ने योग छ । पराक्रम बढ्नेछ । आरोग्यता रहला । साथीभाइको सहयोगले सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । आज कसैसँग सामान्य मनमुटाव पनि हुन सक्छ, सजग रही व्यवहार गर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । बौद्धिक तथा रचनात्मक काम भने सार्थक रहनेछन् ।
कन्या – सामान्य कामबाट राम्रो लाभ उठाउन सकिने समय भएपनि आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आरोग्यपन वृद्धि होला । साथीभाइको सहयोगले समस्याकको समाधान मिल्नेछ ।
तुला – पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । आज कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । कुनै महत्वपूर्ण काम रोकिएको छ भने आज पुनः प्रयत्न गर्दा सफल हुनसक्छ । यशवर्चश्व बढ्नेछ ।
वृश्चिक – मिश्रित फलदायी दिन छ । व्यापार–व्यवसायमा लाभ होला । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्ने सम्भावना छ । मान र विद्या प्राप्तिका साथै धनलाभको योग छ । आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । खर्च घटाउनका लागि विशेष प्रयत्न गर्नु उचित हुनेछ ।
धनु – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य केही कमजोर रहनाले जोश–जाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नसोचेको ठाउँमा धननाश हुने योग छ । खेलकुद, भ्रमण जस्ता कर्ममा आकर्षण बढ्नेछ । बौद्धिक कार्य बन्नेछ ।
मकर – भाग्यबल बढ्नेछ । केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन होला । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती भने बढ्नेछ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । शत्रुपक्ष परास्त हुनेछ ।
कुम्भ – समय शुभदायी छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – आफन्तबाट टाढिनुपर्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति होला । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो