छोरी भविष्य खोज्दै शिक्षक आन्दोलनभित्र छिरेका अभिभावकमाथि कुटपिट

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । विद्यालय बन्दको विक्षिप्त मन लिएर शिक्षक आन्दोलनको मोडालिटी परिवर्तनको पक्षमा सम्झाउन पुगेका अभिभावकमाथि घुसपैठको नाममा शिक्षकबाटै निर्घात कुटपिट भएको आरोप लागेको छ । 

लगातार आन्दोलनका कारण आफ्नो छोरीलगायत विद्यार्थीको पठनपाठन खुला गर्न माग गर्दा एक अभिभावक निर्धात कुटिएका छन् । गोदावरी नगरपालिका–५ निवासी सनत महतलाई शिक्षक आन्दोलनमा घुसपैठ गरेको आरोप लगाएर शिक्षकले कुटपिट गरेका थिए । उहाँकी छोरी प्रेसप्रोएका महत स्थानीय सरस्वती माविमा कक्षा ८ उत्तीर्ण गरी ९ मा पुगेकी छिन् ।

महतले मिडियासँग कुराकानीमा भने– ‘मैले त शिक्षकहरूलाई अब आन्दोलनको मोडालिटी परिवर्तन गर्नुप¥यो भनेको थिएँ । के थाहा शिक्षक यति उग्र हुन्छन् भनेर । मैले त शिक्षक भनेको शिष्ट व्यक्ति हुन भनेर सोचेको थिएँ । ममाथि धक्कामुक्का भयो । मलाई कसैले सिकाएर गएको होइन । म त मेरो वडाको विद्यालयको एकजना अभिभावक भएको नाताले गएको हुँ । ममाथि अभद्र व्यवहार भयो ।’

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया