इटहरीमा ज्वाईले गरे सासुको हत्या

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरीमा ज्वाईले सासुको हत्या गरेका छन् । इटहरी घर भएका छोरी–ज्वाइँको झगडा मिलाउन खोज्दा सासूको हत्या भएको हो ।

उपचारका लागि भोजपुरबाट इटहरी आएकी पबीमाया बयलकोटीलाई उनकै ज्वाइँ गणेश साह गुप्ताले टाउकोमा हिर्काएर हत्या गरेका हुन् ।

प्रहरीका अनुसार उपचारपछि सोमबार घर फर्कने तयारीमा रहेकी बयलकोटी आइतबार साँझ ज्वाइँको डेरामा पुगेकी थिइन् ।त्यहाँ छोरी–ज्वाइँबीच झगडा भएपछि सम्झाउन खोज्दा गुप्ताले उनीमाथि प्रहार गरेका थिए ।

हत्यामा संलग्न गुप्तालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । छोरी र ज्वाइँका बीचमा दिनहुँ झगडा हुने गरेको र सासुले ज्वाइँलाई सम्झाउन खोज्दा सासुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया