द्वन्द्व पीडितको मुद्दामा ठूला दलका तीन नेता एकै थलोमा

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार एउटै मञ्चमा देखिएका छन् ।

सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनीहरू एउटै मञ्चमा सहभागि भएका हुन् । उनीहरुले कार्यक्रमलाई समेत संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशबाट कुलमान घिसिङलाई हटाएको विषयमा सत्ता पक्ष र विपक्षबीच तिक्तता बढिरहेका बेला उनीहरू एउटै मञ्चमा देखिएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली सहित सभापति देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया