फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताउनु भएको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक घण्टा बढी लामो छलफल गरेपछि एमाले अधयक्ष ओलीले यस्तो बताउनु भएको हो ।
सोही क्रममा उहाँले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् । तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरारु केही यस्ता खालका मान्छेहरू छन्, बेइमानीमा भरपर्ने, त्यस्ताहरूले हल्ला चलाउँछन्।’ पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताउनु भयो ।
२३ बैशाख २०८०, शनिवार ०६:५७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो