लागुऔषध ओसारपसार गर्ने अनौठो तरिकामा गुप्ताङ्गको प्रयोग

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । पछिल्लो समयमा लागूऔषध बोक्ने साधन गुप्ताङ्गलाई बनाउँदै आएका छन् । लागुऔषध कारोवारीहरुले गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने तरिका अपनाउन थालेको पनि निकै भईसकेको तर त्यसबाट उनीहरु सुरक्षित रहन सकेका छैनन । प्रहरीले उनीहरुको लागुऔषध ओसारपसार गर्ने नयाँ काइदालाई बेकाम बनाउँदै आएको छ ।

मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा गएराति थप एकजना पक्राउ परेका छन् । मेचीनगर –६ काँकरभिट्टास्थित पुरानो मेची पुल अगाडीको सडकमा भारतको पानीट्याङ्कीबाट भाडाको सिटीसफारीमा शंकास्पद रुपमा आउँदै गरेका अर्जुनधारा नगरपालिका वडा न. ११ बुट्टाबारी स्टाफ चोक बस्ने २० वर्षीय विपिन माझीको शरीर प्रहरीले तलासी लिएको थियो । त्यसक्रममा उनले मलद्वारभित्र लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकसहित १ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुई दिनअघि मलद्वारमा लागूऔषध लुकाएर ल्याउने एक व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने कमल ५ बस्ने ४१ वर्षीय दिपेन राईलाई तालिमप्राप्त कुकुरको सहयोगमा पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गणका सूचना अधिकारी एवं निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले बताए । लागूऔषध कारोवारीहरुले थाहा नपाउने गरी मलद्वारमा लागूऔषध लुकाएर ल्याउने गरेकोमा त्यसलाई पत्ता लगाउन आफूहरुले कुकुर परिचालन गरिएको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीले म्चगनक म्भतभअतष्यल त्चबमभ को नं. ब्ण्ठज्ञ जात ल्याब्राडोर जोजो नामको लागूऔषध सम्बन्धी बिशेष तालिमप्राप्त कुकुर र कुकुर परिचालन गर्ने सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सुमन भण्डारीसहितकोे टोली काँकडभिट्टा नाकामा खटाएको छ । तालिमप्राप्त कुकुरले सुंघेर लागूऔषध पत्ता लगाउने गरेको छ । 

लागुऔषध..कुकुरको सहायतामा राईले मलद्वारमा लुकाएको १० ग्राम ब्राउनसुगर बरामद गरिएको थियो । यसअघि गत भदौ ११ गते भद्रपुरको मेची पुलमा भद्रपुर– ८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साह मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा पक्राउ परेका थिए । उनले मलद्वारमा १३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर लुकाएका थिए । यसअघि गत वर्ष पेन्टीभित्र गुप्ताङ्गमा लगाएको प्याडमा लागूऔषध ब्राउनसुगर लुकाएर जहाज चढ्न लागेका दुईजना दिदीबहिनी चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए । हेटौँडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई भित्री बस्त्र (पेन्टी) भित्र गुप्ताङ्गमा लगाएको प्याडमा लागूऔषध रालेर बोकेको थाहा पाएपछि प्रहरीले विमानस्थलबाट नै पक्राउ गरेको थियो । प्याडमा प्याडकै आकार बनाएर ७६ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर लुकाएको अवस्थामा फेला परेको थियो ।

त्यसअघि गुप्ताङ्गमा लुकाएर लागूऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले दमक १ बस्ने ३४ बर्षीया मन्जु धिमाल र सोही स्थान बस्ने २५ बर्षीया बिमला धिमाललाई पक्राउ गरेको थियो । गौरीगंज ४ कदमगाछीबाट पक्राउ परेका मन्जु धिमालको गुप्ताङ्गबाट ४४ ग्राम ३०० मिलिग्राम ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया