अब धनकुटामा प्रत्येक महिना कोशी प्रदेशको क्याविनेटको बैठक बस्ने मुख्यमन्त्री कार्कीको आश्वासन

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले धनकुटाको मागपत्र बुझ्दै धनकुटामा कम्तिमा  प्रत्येक महिनाका एक पटक मन्त्रिपरिषदको बैठक राख्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस धनकुटाको टोलीले मुख्यमन्त्रीको कार्यालय विराटनगरमा प्रस्तुत गरेको माग पत्र ग्रहण गर्दै  धनकुटाको विकास र समृद्धीका लागी आफु सधै सकरात्मक रहेको र हरेक महिनामा एक पटक मन्त्रीपरिषद्को बैठक धनकुटामा बसाउने प्रतिबद्धता समेत व्यक्त गरे ।  

मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगरमा संघिय यूवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु र कोशी प्रदेशका मन्त्रीहरुको र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेको उपस्थितिमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, पाख्रिवास नगरपालिकामा मेयर ज्ञान वहादुर गुरुङ्ग, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई, छथर जोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, जिल्ला सदस्यहरु हर्कमान चेम्जोग, गजम सिंह घिसिङ्ग, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रवहादुर लिम्बु लगायतको धनकुटाको टोलीले राखेको माग ग्रहण गर्दै मुख्य मन्त्री केदार कार्कीले धनकुटामा मन्त्री परिषदको बैठक महिनाका एक पटक कम्तिमा राख्ने बताएका  छन् । 

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले मुख्य मन्त्री कार्कीलाई बुझाएको धनकुटा कांग्रेसको माग पत्रमा कोशी प्रदेशको प्रत्येक वर्षे अधिवेशन धनकुटामा गर्नुपर्ने र धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयलाई साधन, स्रोत र जनशक्तियुक्त बनाई मन्त्री परिषदको बैठक धनकुटामा महिनामा कम्तिमा एक पटक संचालन गरी मुख्य मन्त्रीले धनकुटाबाट पनि कार्य संचालन गर्नु पर्ने, धनकुटा अस्पताललाई स्तरोन्नति गरी एक सय बेडको बनाई विशेषज्ञ सेवा संचालन गर्दै शिक्षण अस्पतालको –मेडिकल कलेजको रुपमा विकास गरी संचालन गर्नुपर्ने, धनकुटाको  बेलहारा डाडामा डिपिआर समेत भैसकेकोले एयरपोर्ट तत्काल निर्माण गर्नुपर्ने, धनकुटाको विश्रान्ती मन्दिर, धनकुटामा एक सय फिटको शिव भगवानको मूर्ती र धनकुटाको हिलेमा एक सय फिटको भगवान बुद्धको मूर्ती र गुम्बा निर्माणका लागी बजेटको व्यवस्था गर्नुपर्ने र धनकुटाका लागी विभिन्न योजनाहरुको लागी बजेट बिनियोजन गर्न योजना सहितको रकम माग   गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

यसैगरी धनकुटा जिल्ला पाख्रिवास नगरपालिकाका लागी  पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, जिल्ला सदस्य गजमसिंह घिसिगले र महालक्ष्मी नगरपालिकाका लागी मेयर ध्रुवराज राय, कर्मचारी ग्याल्जे शेर्पाले विभिन्न योजनाहरुको लागी बजेट बिनियोजन गरिदिन हुन लागी योजनाहरु सहितको माग पत्र बुझाएको नेपाली कांग्रेस धनकुटाका अर्का जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताए ।

यस्तैगरी धनकुटाको सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई, वडा नं. ६ का वडाध्यक्ष यम प्रकाश (दिपक) मगर, वडा सदस्य शुसिल मगर, अशोक मगरले सागुरीगढीको शिक्षा, स्वास्थ्य,सडक, पर्यटन लगायतका विभिन्न योजनाहरु सहित रकम बिनियोजन गरीदिन मुख्य मन्त्री कार्की समक्ष माग पत्र बुझाएका छन्।

धनकुटाको छथरजोरपाटी गाउपालिकाका लागी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिकाका उपसभापति ध्रुव दाहाल, वडा नं. ५ का सभापति ढकल सिंह लिम्बुले छथर गाउपालिकाको विकास निर्माणका योजनाहरु सहित बजेट बिनियोजन गरी दिन माग पत्र मुख्य मन्त्री केदार कार्की समक्ष बुझाएका छन् ।

नेपाली कांग्रेस धनकुटाको उक्त टोलीले विराटनगरमा कोशी प्रदेशका मन्त्रीहरु समशेर राई, कमल  प्रसाद जबेगु (लिम्बु) समक्ष समेत धनकुटको विकास र समृद्धीका लागी विभिन्न योजनाहरुका लागी बजेट बिनियोजन गर्न माग गरेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव राईले बताए ।               

प्रत्येक महिनामा कम्तिमा धनकुटामा प्रदेशको क्याविनेटको बैठक वस्ने र अव मुख्य मन्त्रीलाई धनकुटाको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा भेटीने मुख्य मन्त्रीको प्रतिवद्धाले पनि धनकुटालाई ठूलो राहत प्राप्त हुने नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राईले बताए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया