मेष – समय खासै सहज प्रकारको त छैन तर अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सानातिना घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट केही न केही लाभ नै हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अध्ययन तथा अध्यापन कार्यमा सुधार आउला । खाद्यान्नसम्बन्धी काममा लाभ हुने योग छ । यात्रागत काममा सफलता मिल्नेछ ।
वृष – सानातिना काम तथा घरेलु समस्यामा अल्झनुपर्ला । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । आर्थिक पक्ष सबल छ, आश मारेको फल पुनः प्राप्त हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो हुनेछैन, ध्यान राख्नुहोला । आजको दिन नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने योग पनि छ । धर्मकर्ममा आकर्षण रहनेछ । परिवारिक सुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मिथुन – आजको दिन केही चुनौती सामना गर्नुपर्ला । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनसक्छ । व्यापार–व्यवसायमा भने लाभ हुनेछ । व्यवसाय विस्तारका लागि मनोरञ्जनपूर्ण यात्रा पनि हुन सक्छ । व्यवसायको चापले प्रमी वा प्रेमिकासँग चिसोपन बढ्ने तथा दाम्पत्य सम्बन्धमा सामान्य खटपट रहने सम्भावना छ । आज महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – भाग्योदयको दिन छ । नचिताएको स्थानबाट धनको आगमन हुन सक्छ । शरीर फूर्तिलो भएको महसूस होला । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च भने केही बढ्न सक्छ, ध्यान राख्नुहोला । प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहनेछ । साझेदारीको काम बन्नाले सुख वृद्धि हुनेछ ।
सिंह – मित्रजनका साथै घरपरिवारबाट सुखशान्ति मिल्ने समय छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । पराक्रम र उत्साह बढ्नेछ । उद्योग-व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् भने आम्दानी राम्रैगरी बढ्ने देखिन्छ । व्यवहारबाटै नयाँ ज्ञान सिक्ने मौका प्राप्त हुन सक्छ । कतै आतिथ्यपूर्ण सम्मान प्राप्तिको सम्भावना छ । प्रेमभाव वृद्धि तथा रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । रोकिएका काम बन्नाले उत्साह जाग्ला । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । जुनसुकै प्रतिस्पर्धामा पनि विजयी भइनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – आजको दिन कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपर्ला । इर्ष्यालु पात्रहरू तपाईंको काममा अवरोध पुऱ्याउन सक्रिय हुन सक्छन्, योजना गोप्य राखेर अघि बढ्नुहोला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । काममा सहयोगीहरूले साथ दिनेछन् र सोचेअनुसार सफलता मिल्ने नै देखिन्छ । रसरागको भाव वृद्धि हुनेछ । ब्यस्तता बढे पनि आरोग्यबल रहनेछ ।
वृश्चिक – व्यापारलगायत आर्थिक कार्यमा राम्रै फाइदा हुने समय छ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले सचेतनाको दरकार छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ तर बौद्धिक अभ्यासमा वादविवादको सामना गर्नुपर्ने योग छ । आजको दिन सवारी साधनको प्रयोग गर्दा विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफन्तको साथ सहयोग रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
धनु – अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने समय छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी पु¥याउन सक्नेछैनन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा नै हुनेछ । स्वास्थ्यका दृष्टिकोणले दिन राम्रो छ । मान महत्व प्राप्त हुनेछ । रचनात्मक काम बन्नेछ ।
मकर – समग्र हिसाबले समय बलियो नभएपनि बन्दव्यापारबाट फाइदा हुने दिन छ । आर्थिक पक्ष सबल रहला । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनसक्छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ, ख्याल राख्नुहोला । कामबाट फुर्सद मिलेको अनुभूति हुनेछ ।
कुम्भ – सामर्थ्य वृद्धि हुनेछ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल होला । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – मिहेनत र लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय भएपनि आजको दिन अतिथि वा पाहुनाको सत्कारमा महत्वपूर्ण समय ब्यतीत हुन सक्छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर होला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आजको दिन स्वास्थ्यको भने विशेष ख्याल गर्नु उचित होला । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो