फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । इटहरीमा बढाइएको कर अत्याधिक भएको भन्दै विरोध भए पछि इटहरी उपमहानगरपालिकाले उक्त कर सम्बन्धमा अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । वडा नं. ३ का वडाअध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा उपहानगरको शुक्रबार बसेको १३३ औं कार्यपालकाको बैठकले उक्त समिति गठन गरेको हो ।
समितिका अन्य सदस्यहरुमा वडा नम्बर १ का अध्यक्ष रतन कार्की, विज्ञमा गणेश दाहाल र पोश राज नेपाल रहेका छन् भने अन्य सदस्यहरुमा वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल र वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्य छन् भने पदेन सदस्य तथा सदस्य सचिवको रुपमा राजश्व शाखाका प्रमुख सन्तोष ढकाल रहेका छन् ।
समितिले कर कुन हिसाबमा बढेको छ र कसरी घटाउन सकिन्छ भन्ने बिषयमा अध्ययन गर्ने र कार्यपालिकालाई प्रतिवेदन बुझाउने गरिको अधिकार दिइएको छ ।
समितिले करको दर, रेट, सेवा शुल्क, दस्तुरहरुको अध्ययन गरी पुनरावलोकनका लागि राजश्व परामर्श समिति मार्फत २०८० भदौ मसान्त सम्ममा प्रतिवेदन पेश गर्ने निर्णय शुक्रबारको कार्यपालिका बैठकले गरेको छ ।
कार्यपालिका बैठकमा उपस्थित भएका अधिकांश वडा अध्यक्षहरुले कर अत्यधिक रुपमा बढेको भन्दै घटाउनु पर्ने भनाइ राखेका थिए भने केहि कार्यपालिका सदस्यले भने कर घटेको खण्डमा वडामा गएको बजेटको सिलिङ्ग समेत घटाउने अवस्था आउने बताएका थिए । ६० करोड सिलिङ बजेट चाहिन्छ भनेर घनिभुत छलफल गरेर करको दर निर्धारण भएको नगरप्रमुख पौडेलले बताए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो