जेनजी मुभमेन्ट : हत्या गर्नेलाई कारवाही र संवैधानिक निकायमा राजीनामाका लागि दबाब बढाउँदै

खगेन्द्र कार्की

देशको राजनीति मडारिएको छ । एकातिर जेनजीको आन्दोलनको बलमा खडा गरिएको सरकारले जेनजीको माग अनुसारको काम गर्न सकिरहेको छैन भने अर्कोतिर जेनजीहरु माग पुरा गराउन यत्रतत्र छरिएरै भए पनि विभिन्न कोणबाट प्रयास गरिरहेका छन् । सोमबार सुदन गुरुङले पूर्व प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक विरुद्धको जाहेर प्रहरीले बुझ्न नमानेपछि मंगलबार दिनभरिको अभ्यासबाट प्रहरीले जाहेरी त लियो तर त्यो जाहेर सिधै जाँचबुझ आयोगमा पठाएको प्रहरीले बताएको छ । त्यसपछि तुरुन्तै फेरी अनेरास्ववियुका तर्फबाट काठमाडौंका मेयर वालेन साह र जेनजी अभियन्ता सुदनमाथि आन्दोलनका क्रममा भएको आगजनी र तोड्फोडको जिम्मेवारी ठहर्दै किटानी जाहेर हालेका छन् । बालेन र सुदनमाथि हालिएको जाहेरी २४ घण्टाभित्र दर्ता गर्ने नगर्ने भन्ने विषयमा निस्कर्षमा पुग्ने प्रहरीले जनाएको छ । 

मंगलबार जेनजीको एक समूह जिल्ला प्रहरी कार्यालय पुग्यो भने एउटा समूह अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । उनीहरुले आन्दोलनका क्रममा गोली चलाउन लगाउने मुख्य व्यक्तिका रुपमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई तुरुन्तै पक्राउ गरी कारवाहीको माग गरेका छन् । जेनजीको अगुवाई गरिरहेका सुदन गुरुङ प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालय धाईरहेका छन् । उनी कहिँ शालिन देखिएका छन भने कतै थ्रेट दिन समेत बाध्य भएका छन् । उनीहरुले यस अगाडि जेनजी मुभमेन्ट अलाइन्स भनेर सामाजिक सञ्जालबाट ओली र लेखकमाथि पक्राउको दबाब बढाएका थिए त्यही अलाइन्सको माध्यमबाट मंगलबार पत्रसहित अख्तियारको मुख्य कार्यालय पुगेका हुन । 

‘जेनजी मुभमेन्ट अलाइन्स’का अगुवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितको टोलीमाथि राजीनामा दिन दबाब बढाएका छन् । आज टङ्गालस्थित कार्यालय पुगेका उनीहरूले नैतिकताका आधारमा राईसहित टोलीको राजीनामा माग गरेका हुन् ।

उनीहरूले राजीनामाका लागि अल्टिमेटम भने दिएका छैनन् । राजीनामा माग गर्दै आयोग पुगेका टोलीमध्ये एक सदस्य मोनिकाले केही दिन राजीनामाका लागि कुर्ने बताइन् । उनले प्रमुख आयुक्त राईसहित आयुक्तहरूले जेनजीहरूको मागअनुसार तत्काल राजीनामा दिने विश्वास रहेको दाबी गरिन् । उनले भनिन्, ‘हामी अहिले अल्टिमेटम दिएर राजीनामा माग गर्दैनौँ, केही दिन हेरौँ । राजीनामाका लागि सबैतिरबाट दबाब सिर्जना गरौँ भन्ने लाग्छ । उहाँहरूले नैतिकतामा आधारमा राजीनामा दिनुभएन भने अरु उपायबारे सोचौँला भन्ने छ ।’

आयोग भ्रष्टाचार नियन्त्रण गर्ने निकाय भएको तर त्यहाँ भ्रष्टाचारको आरोप लागेका व्यक्ति रहँदा उचित नहुने उनीहरूको दाबी छ । राईमाथि उनीहरूले नैतिकता मात्र होइन, केही ठूला भ्रष्टाचारको मुद्दामा संलग्न रहेको आरोप लगाएका छन् ।

 कारवाही...नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी विमान खरिद र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको नाम मुछिएको जेन–जी आन्दोलनका अगुवाहरूको दाबी छ । सोही कारण उनी उक्त पदका लागि योग्य नभएको दाबी छ । त्यसो त, राईले चयनमुखी मुद्दा विशेष अदालतमा लैजाने गरेको आरोप पनि लागेको छ । विशेष अदालत पनि एक फैसलामा उक्त कुरा उठाएको थियो । त्यसलाई पनि जेन–जी आन्दोलनकारीले आफ्नो एजेन्डा बनाएका छन् । मिडियामा कुरा गर्दै मोनिकाले राजीनामा नदिए नागरिक तहबाट नै बाहिस्कार अभियान सञ्चालन हुन सक्ने पनि बताइन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया