दमक । बिरामीको चाप अधिक भएपछि दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालले बिहान साढे ७ बजेदेखि नै ओपीडी सेवा सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य जाँचका लागि अस्पतालमा दैनिक ठुलो संख्यामा बिरामीको चाप बढ्दै गएपछि सेवाग्राहीलाई लक्षित गरेर गत विहिबारदेखि विहानैदेखि ओपीडी जाँचको सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ । यसअघि अस्पतालले १० वजेदेखि मात्र ओपीडी जाँच उपलव्ध गराउदैआएको थियो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णप्रसाद साहले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन ओपीडी जाँचलाई विहानैदेखि शुरु गरिएको बताए । उनका अनुसार अस्पतालमा चिकित्सकलाई उपचार गराउनका लागि बिहान ५ बजेदेखि नै बिरामी लाइन बस्ने र साढे १० बजेदेखि मात्र बिरामीको जाँच हुने भएकाले बिरामीहरुले धेरै हैरानी खेप्दै आएका थिए ।
अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामीहरु जाँच गराउन आउने गरेका छन् । यसअघि छाला रोग सम्बन्धिको ओपिडी सेवा बिहान सुरु गरिएको थियो ।
स्वास्थ्य बिमासहित २५ शैयाको दमक अस्पतालमा सवै किसिमका विशेषज्ञ स्वास्थ्य जाँचको सेवाहरु सञ्चालित छ । विरामीको बढ्दो चापलाई मध्यनजर गर्दे गुणस्तरिय स्वास्थ्य सेवा पुरयाँउन ओपीडी जाँचलाई विहानैदेखि शुरुवात गरिएपछि सेवा लिनेहरु लाभान्दित भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउँछन् ।
नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमको प्रथम बिन्दु अस्पताल भएको र स्वास्थ्य जाँच लिन आउने जेष्ठ नागरिकहरुलाई बेग्लैसहित ५ वटा काउण्टरमार्फत टोकनप्रणालीबाट बिरामीको पुर्जा बनाउँदै आएको छ । अस्पतालले केहि दिन अघिमात्र आकस्मिक उपचारका लागि आउने बिरामीका लागि बेग्लै प्रयोगशाला समेत शुरु गरेको अस्पतालले जनाएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो