फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । संगठन र नेतृत्वमा कुशल देखिएका अनेरास्ववियुका पूर्व अध्यक्ष तथा राष्ट्रिय युवा परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका माधव ढुंगेललाई नेकपा एमालेले महत्वपूर्ण जिम्मेवारीमा पु¥याएका छ । नेकपा एमालेको सचिवालय बैठकले ढुंगेललाई संगठन विभागको गरिमामय पद सचिवमा मनोनीत गरेको केन्द्रीय प्रचार तथा प्रशासन विभाग सचिव गगन विष्टले जानकारी दिएका छन् ।
नवौं महाविधेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित रामेछापका ढुंगेल पार्टी युवामाझ लोकप्रिय मानिन्छन् । ढुंगेलले सम्हालेको संगठन विभाग पार्टीमा महत्वपूर्ण मानिन्छ । संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष रामेछापका ढुंगेलले पार्टीमा विद्यार्थी फाँटको इन्चार्ज सम्हालेका थिए ।
खगेन्द्र कार्की
३२ साउन २०८०, बिहिबार ११:३८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो