इटहरी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।कास्की प्रहरीले उनलाई ९ दिन म्याद थप्न माग गरेकोमा जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको बिहीबारको इजलासमा सुनवाइ भएको थियो ।लामिछानेलाई बिहीबार कार्यालय समय सुरु भएलगत्तै कास्की जिल्ला अदालत उपस्थित गराइएको थियो ।पछिल्लो पटक थप भएको चार दिनको म्याद सकिएसँगै बिहीबार पुनः जिल्ला अदालत उपस्थित गराइएको थियो ।रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको यो सातौँ पटक हो ।
इजलासमा न्यायाधीशसँग आफ्नो कुरा राख्दै रवी लामिछानेले भने, “श्रीमान्, यो स्क्रिप्ट र कथाको लेखक सूर्य थापा हुन्। छायांकन पनि उनले लेखेको स्क्रिप्टअनुसार नै भइरहेको छ। मैले संसदीय छानबिन समितिमा उपस्थित भएर आफू निर्दोष भएको प्रस्ट पारेँ, तर उनले हरेक मिडियामा पुगेर ममाथि झूटा आरोप लगाए। त्यसमध्ये केही मिडियामा त बोलाएको पनि थिएन, तर उनी गएर मेरो विरुद्ध बोले। उनले आफ्नै नेताले मलाई दिएको क्लिन चिटसमेत बिर्से ।”
रवीले आफूमाथि अन्याय हुँदा अदालतले पनि कुनै कदम नचालेको गुनासो गरे। यसमा न्यायाधीश पौडेलले भने, “रविजी, त्यसो होइन। अदालतले तपाईं मन्त्री भए पनि सामान्य व्यक्तिको जस्तै कानुनी अनुसन्धान गर्नुपर्ने हुन्छ। साथै, मन्त्रीको रूपमा तपाईंलाई आवश्यक कानुनी सुविधा पनि प्रदान गरिएको छ। कृपया अदालतलाई यस्तो आरोप नलगाउनुहोस्।”
त्यसपछि रवीले न्यायाधीशसमक्ष भने, “तपाईंले मलाई छुटकारा दिनुपर्छ। म भोलि पनि असल नागरिक भएर बाँच्छु। जब तपाईं सेवा निवृत्त हुनुहुन्छ, म तपाईंलाई सम्मानका साथ सम्झिरहनेछु।
यसअघि उनलाई पहिलो पटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथो पटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँ पटक ४ दिन म्याद थप गरिएको थियो ।सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।यो बिचमा लामिछानेलाई रुपन्देहीमा ३ दिन, काठमाडौंमा ४ दिन, चितवन र दुई–दुई दिन अनुसन्धानका लागि राखिएको थियो ।थप भएको म्याद भित्र रविविरुद्धको मुद्दाको अभियोग अदालतमा लैजाने तयारी छ ।सहकारीको बचत अपचलन आरोपमा कात्तिक २ गते काठमाडौंबाट लामिछाने पक्राउ परेका थिए ।
लामिछानेसहितको अनुसन्धान अन्तिम अन्तिम चरणमा पुगेको कास्की प्रहरीले जनाएको छ ।उनलाई अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी प्रहरीको छ ।यता, सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएसँगै प्रहरीले तीन वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेस गर्ने भएको छ ।उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ र कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै मुद्दा दर्ताका लागि राय प्रतिवेदन तयार गरिँदै छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे बयान लिइएको थियो ।पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे बयान लिइएको थियो ।अब लामिछानेविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ ।प्रहरीका अनुसार लामिछानेले बयान दिएका पाँच वटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् । प्रहरीले लामिछाने सहितका आरोपीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो ।
प्रहरीले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्छ ।जोशी पक्राउ परेको दिन असोज ६ बाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था छ ।
सोहीअनुसार छविलाल जोशी पक्राउ परेको ८० दिन पूरा भएको छ । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लीला पछाई, तनहुँका राम बहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् ।पक्राउ परेका भन्दा बाहेक कम्तीमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न प्रहरीले राय दिने भएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो