कतारका विभिन्न जेलमा सजाय भोगिरहेका नेपालीलाई आममाफी तथा सजाय छुट दिन कतारका राजदुतसँग गृहमन्त्री लेखकको आग्रह

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । गृहमन्त्री रमेश लेखकले कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ । हिजो गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले यस्तो आग्रह गरेका छन् । 

यस्तै कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही ज्यान गुमाएका एवम् घाइते भएका नेपालीको राहत र उद्धारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे । 

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा मन्त्री लेखकले जोड दिए । कतारी राजदूत अन्सारीले बिपीन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । उनले कतारको विकासमा नेपालीले गरेको सहयोगको प्रशंसा पनि गरे । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया