लागु औषध दुर्व्र्यसन मुक्त वनाउनका लागी इटहरीमा आमा समुह गठन

सुप्रिया राई

इटहरी । इटहरी उपमहानगरपालीकालाई लागु औषध दुर्व्र्यसन मुक्त वनाउनका लागी इटहरीमा आमा समुह गठन गरीएको छ ।

  लागु औषध दुर्व्र्यसनको वड्दो प्रक्रोपलाई कम गर्न  एउटा ससक्त मुमिकाको रुपमा देशका आमाहरुलाई अगाडी वढाउने उदेस्यले दुव्र्यसन विरुद्ध आमा समुह गठन गरीएको आस्था फाउण्डेसनका अध्यक्ष चन्द्र वरालले जानकारी गराए ।

 यो अभियानले समाजमा भएको लागुऔषद दुर्व्र्यसनको विगवीगीलाई पुर्णरुपमा मुक्त गर्न वजार एरिया छाडेर सहर केन्द्रित नभइकीन गाउ गाउ,टोल टोल एरियामा आमाहरुलाई प्रशिक्षण दिएर दुर्व्र्यसनको वढ्दो प्रक्रोपलाई नियन्त्रण गर्ने उदेस्यले आमा समुह गठन गरीएको पनि अध्यक्ष वरालले जानकारी गराए ।

विमर्स सुभारम्भ कार्यक्रम जिल्ला प्रहरी कार्यलय सुनसरी,इलाका प्रहरी कार्यलय इटहरीको आयोजना तथा इटहरी उपमहानगरपालीकाको समन्वयमा भएको उक्त कार्यक्रममा इटहरी उपमहानगरपालीकाको मेयर हेमकर्ण पौडेल,जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख विपीन रेग्मी,इटहरी उपमहानगरपालीकाको उपमेयर संगीता कुमारी चौधरी लगायतको उपस्थीती रहेको थियो  ।


सुप्रिया राई
प्रतिक्रिया