पाठकको पुर्पुरो : वि.सं. २०८० श्रावण ९ गते (तद्अनुसार सन् २०२३ जुलाई २५ तारिख) मंगलबार अधिक श्रावण शुक्लपक्ष सप्तमी तिथि

खगेन्द्र कार्की

मेष – काममा जाँगर बढ्ने र मनमा खुशी मिल्ने समय छ । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ पुग्ला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा धनलाभ हुनेछ । प्रेमभाव र आरोग्यता वृद्धि होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – दिन मध्यम खालको छ । कुरा काट्नेहरू बढ्नेछन् भने छरछिमेकमा सामान्य मनमुटाव बढ्ने देखिन्छ । हातहतियारबाट जोगिएर काम गर्नु हितकर हुनेछ । वादविवादको सम्भावना रहेकोले संयमता अपनाउनु हितकर होला । परिवारजनमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । सन्तानसुख मिल्नेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन हानी नै नभए पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । जागीरमा पनि समस्या देखापर्न सक्छ । राजनीतिमा बर्चस्व बढाउन सकिने छ । कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । कार्यगति वृद्धि हुनेछ ।

कर्कट – व्यस्तता वृद्धि हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । पाहुना आगमनको योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल होला । सुख वृद्धि हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

सिंह – आम्दानीको नयाँ श्रोत फेला पर्ने समय छ । आँटेका काम बन्नेछन् भने साथ–सहयोग पनि पाइनेछ । ठूला व्यक्तिको विश्वास जित्न सकिनेछ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापार–व्यवसायमा पनि लाभ हुने दिन छ । पराक्रम वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – आजको दिन चुनौतीपूर्ण रहला । खर्च र हैरानी बढ्न सक्छ । अनावश्यक विवादमा पर्ने समय रहेकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । सामाजिक मर्यादामा संकट, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्नेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – सोचेका काममा सफलता मिल्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आज धनलाभको योग छ, साथै दिन खुशी साथ बित्नेछ । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । खर्च पनि बढ्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – समय शुभदायी छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ भने टाढाको यात्राबाट केही अर्थ आर्जन पनि होला । परिवारमा खुशिको माहोल छाउने छ । पुरानो साथीसँगको भेटघाटले मन हर्षित रहला । रोकिएको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – कर्मबल बढ्नेछ र पनि दिन चुनौतीपूर्ण रहने देखिन्छ । अर्थहानी हुन सक्छ भने स्वास्थ्य पनि कमजोर रहला । काममा सफलता पाउन निकै मिहेनत गर्नुपर्ने योग छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । शत्रुमाथि चाहिँ विजय पाउनुहुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – नियमित कर्ममा सामान्य अवरोध आए पनि मानप्रतिष्ठा र सामाजिक मर्यादा अभिवृद्धि हुने दिन छ । अरुको काममा सघाउनुपर्ला, तर जश भने कमै मात्र मिल्ला । छरछिमेकमा केही असमझदारी बढ्ने योग भएकोले सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । समग्रमा आजको दिन ठिकै रहला ।

मीन – स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त भइ नयाँ काममा ध्यान दिने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ भने पढाइलेखाइमा पनि सफलता मिल्ने दिन छ । रसरागमा आकर्षण बढ्नेछ । भागदौड र जोखिम बढ्नेछ, तथापि समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया