फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । दमकमा आयोजित मुख्यमन्त्री कप प्रतियोगिताको ब्यानरमा कोशी नाम उल्लेख नगरेको भन्दै प्रदेश खेलकुद बोर्डका सदस्य सचव हंसराज वाग्लेमाथि सामाजिक विकास मन्त्रालयले स्पष्टिकरण सोधेको छ । बैशाक १४ गते देखी १६ गते सम्म दमकमा आयोजत प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण सोधेको हो । बैशाक १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते बैक खाता समेत रोक्का गरेको छ । प्रभु बैकलाई पत्राचार गर्दै सामाजिक विकास मन्त्रालयले खाता रोक्का गरिदिन भनेको छ।
वाग्लेलाई तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए ।
अहिले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार रहेको छ । सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी समेत एमालेका हुन् । वाग्लेलाई हटाउनका लागि मन्त्री राजभण्डारीले तयारी थालेको एमाले नेताहरू बताउँछन् । 
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो