थाइल्याण्डबाट पाँच नेपाली नागरिकको उद्दार

फाष्ट मिडिया नेपाल संवाददाता

एजेन्सी । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ।

उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार ९पुरुष० थाई सरकारी निकाय ‘आइओएम’ थाइल्यान्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो। एक जना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ। 

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया