मेष – अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने समय छ । इष्टमित्रको साथ-सहयोग रहला । आमोदप्रमोदको भाव जागृत हुनेछ । अचानक धन आर्जनको योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । घर-परिवारबाट सुखशान्ति मिल्नेछ । मिठो भोजन प्राप्त होला ।
वृष – धर्मकर्ममा आकर्षण बढ्ने र परिवारिक सुख बढ्ने समय रहेपनि आजको दिन आर्थिक दृष्टिले खासै उपलब्धिमूलक नरहला । नसोचेको ठाउँमा खर्च हुन सक्छ र ब्यर्थको खर्चले मन पिरोल्ने योग छ । बौद्धिक काममा भने विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याबाट मूक्ति मिल्नेछ । यात्रापरक काममा आंशिक सफलता प्राप्त होला । स्वास्थ्य सबल रहनेछ ।
मिथुन – रचनात्मकता बढ्नाले कुनैपनि समस्याको समाधान प्राप्त हुने दिन छ । नियमित कार्यप्रति जोश-जाँगर बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । आफन्तमिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल तुल्याउने योग छ । कुनैपनि काममा अरुको भर नपर्नु हितकर होला । मनोरञ्जनात्मक क्रियाकलापप्रति रुचि बढ्नेछ ।
कर्कट – कर्मबल वृद्धि तथा मनोकूलता बढ्ने समय छ । आर्थिक उपार्जनसँग सम्बन्धित कार्यमा अनुकुलता आउने, धन आर्जन हुने तथा बचत पनि बढ्ने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्नेछन् । साझेदारीको काममा उत्साहजनक तीव्रता आउने देखिन्छ । परिवारिक सुख वृद्धि हुनेछ । विपरीतलिंगी मित्रको सहयोगबाट महत्वपूर्ण कार्य बन्ने योग छ । रसरागमा आकर्षण वृद्धि होला ।
सिंह – बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति बढ्नुको साथै रोकिएका कामले पूर्णता पाउने योग छ, प्रयत्न गर्नुहोला । मनोरञ्जनात्मक तरिकाबाट कामहरू बन्नेछन् । शुभचिन्तक तथा मित्रजनको सल्लाहबाट नयाँ कामका योजना पनि बन्ने देखिन्छ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । आरोग्यबलका साथै प्रेमभाव बढ्नेछ । मित्रजनको साथ रमाइलो यात्राको सम्भावना छ ।
कन्या – सोचेभन्दा फरक किसिमको परिस्थिति निर्माण भइ दिन चुनौतीयुक्त रहन सक्छ । अनावश्यक वादविवादको सामना गर्नुपर्ला । आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष सजगता अपनाउनुपर्ने देखिन्छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन, सावधान रहनुहोला । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त मिल्नेछ ।
तुला – साहसिक काममा आकर्षण बढ्ने र नियमित कार्यमा पनि उत्साहजनक सफलता मिल्ने समय छ । जागिरको काममा भने किन-किन भयको भाव पैदा होला, तथापि कुनै क्षति पुग्ने परिस्थिति देखिन्न । सामाजिक कार्यबाट मान–सम्मान मिल्ने योग छ । स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो दिन छ । आर्थिक लाभका कार्यमा ब्यस्तता बढ्नेछ । पारिवारिक सुखले पछ्याउने योग छ ।
वृश्चिक – शुभदायी एवम् सुखदायी समय छ । कार्यबोझबाट फुर्सद मिलेको अनुभूति भइ मन प्रसन्न रहला । आफन्तको साथ–सहयोग प्राप्त भइ पराक्रम वृद्धि हुनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि हुनाले आर्थिक उपार्जनका माध्यम खुल्नेछन् । आरोग्यबल बढ्नेछ । बौद्धिकताको प्रशंसा हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – बौद्धिक तथा रचनात्मक कार्यमा विशेष मन जाने समय छ । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा पनि आकर्षण रहला । अप्रत्याशित लाभ हुने योग छ । नियमित काममा प्रशस्तै मन जानेछ । व्यवसायमा लगानी बढाउन सकिएला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । खेलकुदजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ ।
मकर – मिश्रित फलदायी समय छ । नियमित कार्यमा जाँगर नलग्ने र अनावश्यक झमेलामा पर्ने सम्भावना छ । आज केही हानी हुनसक्छ, सावधान रहनुहोला । पीडा दिनेहरूको सक्रियता बढ्न सक्छ, व्यक्तिको ब्यवहार नियालेर अघि बढ्नसके सफलताले कदम चुम्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले शत्रुपक्षलाई जित्ने सामर्थ्य बढ्नेछ ।
कुम्भ – शुभदायी समय छ । धन आर्जनको दृष्टिले राम्रो दिन छ । विपरीतलिंगी मित्रको साथ–समर्थनबाट फलिफापका काम अघि बढ्ने योग छ । मित्रजनको साथ रमाइलो यात्रा र मिठो भोजन प्राप्त हुने देखिन्छ । सामर्थ्य वृद्धिले जस्तोसुकै काममा सफलता मिल्नेछ । बौद्धिक तथा रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नतिका साथै कर्मबल बढ्नेछ । आफन्तजनबाट साथ–सहयोग मिल्ला । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ । कुनै महत्वपूर्ण कार्यका लागि यात्र गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु हितकर हुनेछ । रसरागको भाव वृद्धि हुने देखिन्छ ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो