इटहरी । राेटरी क्लब अफ इटहरी युगलले सुनौलो बालविकास केन्द्रमा अध्ययनरत २५ जना बालबालिकालाई नयाँ कपडा तथा स्टेसनरी सामग्री वितरण गरेको छ।
उक्त अवसरमा क्लबका अध्यक्ष सन्नी चौधरीले विगत तीन वर्षदेखि क्लबले बालबालिकाको आवश्यकता अनुरूप निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै, यस वर्ष पनि नयाँ कपडा वितरणसँगै बालबालिकालाई मिठा–मसिना भोजन गराइ दशैंको शुभकामना आदानप्रदान गरिएको जानकारी गराए। उनका अनुसार, यस कार्यक्रममार्फत बालबालिका तथा अभिभावकहरूसँग आपसी खुसी र आत्मीयता साटासाट गरिएको हो।
त्यसैगरी क्लबकी आइ.पी.पी. श्रद्धा बिष्टले बालबालिकाको सिर्जनात्मक क्षमता प्रवर्द्धन गर्न चित्रकला प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै, उत्कृष्ट बालबालिकालाई पुरस्कार वितरण गरिएको जानकारी दिइन। साथै, दशैंको उल्लास साझा गर्न बालबालिकासँगै केक काटी खुसीयाली मनाइएको समेत बताइन।
कार्यक्रममा रुबी रिजाल, आरती चौधरी, सुरेन्द्र कुमार बुढाथोकी, नविना बुढाथोकी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो