इटहरी । ४ वर्ष अगाडि जनदबाबबाट दोस्रो पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति पाएका कुलमान घिसिङलाई हटाएपछि फेरी लोडसेडिङ हुने त्रास फैलिएको छ । घिसिङलाई पदबाट हटाउन अगाडि देखि नै एक खालको त्रास उर्जा मन्त्री दिपक खड्का, नेकपा एमालेका नेता शंखर पोखरेलले देशमा भारतले विद्युत आपुर्ति कटौति गरेको हुँदा लोडसेडिङ सुरु भइसकेको बताएर आतंकित तुल्याएका थिए । त्यो आतंकले पनि कुलमान हटाएको ठूलो विरोध भईरहेको छ । उर्जामन्त्री खड्काले त संसदको रोष्ट्रमबाटै उज्यालोको नायक कुलमान नभएर भारत भएको र भारतलाई धन्यवाद दिनुपर्ने बताएका थिए । उनीहरुको त्यो भनाईले कुलमान असफल भएको सन्देश जाओस अनि हटाउन सजिलो हुन्छ भन्ने नै थियो । त्यस अगाडि पनि कुलमान घिसिङमाथि धेरै प्रकारका बाधा र व्यवधान खडा गरियो । प्रधानमन्त्रीले रोष्ट्रमबाटै उद्यमी, व्यवसायीको पक्षमा विद्युत प्राधिकरण रहनुपर्ने सन्देश दिए । त्यसपछिका मन्त्रालयस्तरीय र मन्त्रीपरिषद्का गरी ६ पटक स्पष्टिकरणबाट घिसिङको हुर्मत लिएका थिए । त्यसो त घिसिङलाई पदबाट हटाउन सरकारको मात्र हात नभएर कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिका ठूलो देखियो । देउवाले कांग्रेसभित्रको ठूलो पंक्तिले विरोध गर्दा गर्दै पनि सो घिसिङलाई हटाउने पक्षमा पुगेका थिए । सभपाति देउवालाई पनि आरजु र मन्त्री खड्काको दबाब बढेको थियो ।
घिसिङलाई हटाएपछि देशव्यापी रुपमा विरोध प्रदर्शन भएका छन् । आज पनि काठमाडौंको विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि भेला भएर विरोध प्रर्दशन गरेका छन् । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ । कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भएको हो । बुधबार प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् । आज दिउँसो सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुगेको थियो । सो टोलीका केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संसद बैठक स्थगित
बुधबार बसेको प्रतिनिधि सभाको बैठक आधा घण्टा स्थगित भए पनि अझै सुरु हुन सकेन । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण स्थगित बैठक पुनः सुरु हुनमा सकेको छैन । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको’दयगत प्रधानमन्त्रीको जवाफको माग गरेका छन ।
प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको भनाइ छ । तर, सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सूचना दिनुपर्ने भनेर बुधबारको बैठक चलाउने वातावरणका लागि आग्रह गरिरहेका छन् ।
राष्ट्रिय सभा बैठक अवरुद्ध
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले आज (बुधबार) राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेका छन । बैठक सुरु हुनासाथ सांसदहरु उठेका विरोध जनाएका थिए ।
घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेपछि बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो सवा १ बजे बोलाइएको बैठक कार्यसूचीमा पर्न सकेको थिएन। आधा घण्टाका लागि स्थगित बैठक बस्न सकेन। दोस्रो बैठक दिउँसो पौने ४ बजे बस्ने तय भएको थियो। तर, यो बैठकमा पनि विपक्षीले अवरोध कायमै राखे।
यसैबीच प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताए ।
यसैगरी नेकपा माओवादीका सांसद शक्ति बस्नेतले सरकार राज्यका महत्वपूर्ण अंग र निकायहरूलाई आफ्नो नियन्त्रणमा लिएर सर्वसत्तावादको अभ्यास गर्न उद्यत भइरहेको आरोप लगाएका छन् । बुधबारको संसद् बैठकमा बोल्दै बस्नेतले सरकार स्वार्थ समूहहरूको पृष्ठपोषण र बैसाखीमा निर्मित भएको कारणले स्वार्थ समूहकहरूको, बिचौलियाहरूको हित र रक्षाका लागि आफूलाई समर्पित गर्नु उसको नियत र नियति बनेको बताए ।
प्रतिपक्ष सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली भने युवा संघको स्वयंसेवक भेलालाई सम्बोधन गर्दै थिए । उनले त्यहीबाट प्रतिपक्षको आकांक्षा पुरा गर्ने गरी हलुका र हचुवा उत्तर दिए । उनले भने एउटा कर्मचारीलाई निकाल्दा छाती पिटीपिटी रोएको प्रतिक्रिया दिँदै संसदमा उत्तर दिनुपर्ने विषय नभएको जिकिर गरे । उनले भने–एउटा हटायो, अर्को नियुक्ति ग¥यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’ उनले विपक्षीलाई आग्रह गर्दै ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईंहरूले चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिन्छौँ, न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो