काठमाडौं । सार्वजनिक सडकमा जोखिमपूर्ण स्टन्ट गर्दै बाइक चलाएको आरोपमा चर्चित भ्लगर राजकुमार थापा मगर उर्फ राजकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोअनुसार राजकुमारले सडकमा स्टन्ट देखाउँदै बाइक कुदाएका थिए। उक्त गतिविधि सडकमा जडान गरिएको ऋऋत्ख् क्यामेरामा कैद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सार्वजनिक सडकमा स्टन्ट गरेर आफू मात्र होइन, अन्य सर्वसाधारणको सुरक्षासमेत जोखिममा पार्ने गतिविधि गरेको भन्दै आवश्यक कारबाही गरी सम्झाएर छाडिएको हो।
कारबाहीपछि राजकुमार तामाङले भिडियोमार्फत माफी मागेका छन्। उनले आगामी दिनमा यस्ता गतिविधि दोहोर्याउने छैनन् भन्दै ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा ‘भ्युज’ र लोकप्रियताका लागि सार्वजनिक सडकमा जोखिमपूर्ण स्टन्ट गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाइएको जनाएको छ।
१२ जेठ २०८३, मङ्गलबार ०८:३० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो