इटहरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि संसद्मा दर्ता भएको विधेयकप्रति आपत्ति जनाउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक रहेको बताए ।
उहाँले सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्ने बताए । उनले प्रेसको स्वतन्त्रता पनि विधेयकले नियन्त्रण गर्ने बताए । विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएको बताए । अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ? भन्दै प्रश्न गरे । उनले अहिले राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको बताए ।
दाहालले सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्याएको आरोप समेत लगाउनु भएको छ ।उनले सरकार अधिवेशनबाट भागेको आरोप लगाए । ‘पछिल्ला ३५ वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गरेछ ३५ वर्षपछि अहिले देशको विकास ६ दिन ढिलो हुन्छ भनेर अध्यादेश ल्याएको हो ?’ उनले प्रश्न गरे । उनले रातारात अध्यादेश ल्याउने कुराले पनि सरकारको नियत सही नरहेको पुष्टि गर्ने बताए ।
झापा÷ नेकपा माओवादी केन्द्रका अध्रुयक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ताप्लेजुङस्थित मुकुम्लुङमा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् । बिहीबार संसदमा बोल्दै प्रचण्डले स्थानीयमाथि दमनको बाटो रोजेको आरोप लगाएका हुन् । उनले भने, ‘पाथिभरा र मुकुम्लुङको प्रश्रुन पनि छ । त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गरे । त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्रुनुपर्नेमा दमनको बाटो रोज्रुने प्रयास गरियो । म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु ।
प्रचण्ड बोल्दा प्रम ओली अनुपस्थित
दमक÷प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरे। बोल्न रोस्टममा पुग्नेबित्तिकै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नरहेको विषय राखेका थिए । उनी बोल्दा बोल्दै कांग्रेस सभापति देउवा भने आइपुगे तर प्रम ओली भने आएनन।
उनले आफू बोल्दै गर्दा प्रधानमन्त्री र कांग्रेस सभापति देउवा बैठकमा आउने विश्वास व्यक्त गरेका थिए । यदि नआए पनि कुनै माध्यमबाट बोलेका कुरा जानकारीमा रहने प्रचण्डको भनाइ थियो।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो