इटहरीको गरिमामय कार्यक्रम सार्वजनिक दुर्गा पुजा, इटहरी र आसपासका भक्तजनलाई कथा श्रवण गरी पुजा गर्न आब्ह्वान

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरीमा इटहरीमा व्यवस्थित र उदाहरणीय सार्वजनिक दुर्गा पुजा समारोह भव्यताका साथ आयोजना गरिँदैछ ।

उक्त मेला असोज २८ देखि कात्तिक ९ गतेसम्म लाग्ने भएको छ । वगत भन्दा फरक ढंगबाट आयोजना हुन लागेको उक्त सार्वजनिक दुर्गा पुजामा विभिन्न जातजाति, धर्म, भेषभुषसहित फुलपातिमा बढाई शोभायात्रा, कलश यात्रासहितको कार्यक्रम तय भएको उक्त पुजा मूल समितिका उपाध्यक्ष सन्दीप बोगटीले बताए । बोगटीले इटहरी बासी र आसपासका आम सर्वसाधारणलाई दशैंमा दुर्गा पुजाका लागि जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आउन समेत आग्रह गरेका छन् ।

उनले नियमित पुजापाठसहित जमरा राख्नेको शुभारम्भ भईसकेको र जमरा राख्ने साइतमै जमरा राख्ने कार्यक्रम गरिएको समेत उनले बताए । बोगटीले ठूलो पण्डालको मुर्ति र कलशयात्राको कार्यक्रम विभिन्न जातजातिहरुको शोभायात्रासहित पुजास्थलबाट सुरु भई नगर परिक्रमा गरेर विधिवत रुपमा गर्ने पनि उनले बताए । उनले भने– उक्त समारोहमा सबै सुरक्षा निकायको सहभागितासहित उक्त दुर्गा पुजाको ठूलो पण्डालको उद्घाटन हुने उनले बताए ।

उनले इटहरीकै गरिमामय कार्यक्रमको रुपमा आयोजना हुन गईरहेको उक्त समारोह सफलताका लागि इटहरी उपमहानगरपालिकाको विशेष सहयोगसँगै वडा कार्यालयसहित अन्य विभिन्न मनका धनी दाताहरुले सहयोग गरेको उनले बताए । विभिन्न समिति तथा उपसमिति बनाएर झकिझकाउ, लाइट, सुरक्षासहित व्यवस्थित ढंगबाट समारोह सम्पन्न गर्ने जमर्को गरिएको समेत उपाध्यक्ष बोगटीले बताए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया