पाठकको पुर्पुरो : वि.सं. २०८० आषाढ २६ गते (तद्अनुसार सन् २०२३ जुलाइ ११ तारिख) मंगलबार, शुद्ध श्रावणकृष्णपक्ष नवमी तिथि

खगेन्द्र कार्की

मेष – आरोग्यता बढ्नेछ । हाँसखेल र मनोरञ्जनमा आजको समय ब्यतीत होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिकलाभको योग पनि छ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख बढ्नेछन् । यश वर्चश्व वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आजको दिन आर्थिक रूपमा सवल भएको अनुभूति होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर हुनेछ । बढी मिहीनेतले काम बन्नेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ र सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – पारिवारिक सहयोग प्राप्त हुने समय छ । व्यवसायमा लाभ होला । मनोरञ्जनपूर्ण समय रहे पनि कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमी-प्रेमिकासँगको भेट तथा दाम्पत्य सम्बन्धमा पनि सामान्य चिसोपन देखिन सक्छ । कतै यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु .हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । कार्यगति वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली-व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । सुख वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुने समय छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – शरीरमा उत्साह र उमङ्ग प्राप्त भए पनि आज पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । स्वास्थ्य भने सबल रहनेछ र, काममा पनि फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । पराक्रम बढ्नेछ । व्यापारमा विशेष फाइदाको योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । रसराग, खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । पढाइलेखाइमा प्रगति होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आर्थिक लाभ प्राप्त होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन खान पाउनु हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रमा हात बढाउँदा हितकर होला । आजको दिन कसैसँग सामान्य विवाद हुन सक्छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । बौद्धिक कार्यमा यात्राको सम्भावना छ । आरोग्यता बढ्नेछ । सकारात्मक काम बन्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो रहला । प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुनेछ । दायित्वका साथै साहस बढ्नेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – ठूलाबडासँग सुमधुर सम्बन्ध रहने समय छ । बन्दव्यापारबाट फाइदा हुनेछ । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आज गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । यस्तता बढ्नेछ । रसरागात्मक क्रियाकलाप वा प्रेममा सफलता मिल्नेछ । यश वर्चश्व बढ्ला ।

कुम्भ – पराक्रमका साथै अनुकूलता बढ्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने समय छ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक लाभ पनि पुग्नेछ । प्रयासरत काम बन्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आजको दिन आर्थिक पक्ष सबल रहला । नयाँ काम र जिम्मेवारी हात पर्ने सम्भावना छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने योग छ । परिवारमा पाहुनाको आवागमन तथा खातिरदारीमा महत्वपूर्ण समय बित्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया