फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । स्वतन्त्र नागरिक समाज सुनसरीको प्रथम साधारणसभाबाट मोहन प्रसाद ढकालको संयोजकत्वमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार राधाकृष्ण मन्दिरको सभाहलमा समाजसेवी निःसहाय बालबालिका आश्रम सञ्चालिका गीता गौतम गौतमको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । सो साधारणसभाबाट १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । त्यस्तै समाजको सहसंयोजकमा शिवकुमार (एसके) राई, सचीव दिनेश कोईराला, सह–सचिवमा हिरा आचार्य र सह–कोषाध्यक्षमा दिमोशा मगर चुनिएका छन् । त्यसैगरी
सदस्यहरुमा बिवेक चौधरी, हरिभक्त चौधरी, गोरखनाथ रौनियार, ओमेन्द्र महत, रामप्रसाद आचार्य, टिकाराम कट्टेल, जनक प्रसाद वाग्ले र अग्नी फुँयाल चुनिएका हुन् ।
निर्वाचनमा कोषाध्यक्ष र एक जना सदस्यको पद पुर्ति समाजको नयाँ कार्यसमितिको बैठकबाट मनोनयन गरिने स्वतन्त्र नागरिक समाजका सुनसरीका नव निवार्चित अध्यक्ष मोहन प्रसाद ढकालले बताए ।
समाजका निवर्तमान संयोजक जनक पाण्डेको अध्यक्षता आयोजित सो कार्यक्रममा समाजसंग आवद्ध बिभिन्न बक्ताहरुले समाजको औचित्य र खाँचो बारेमा बोलेका थिए ।
प्रमुख अतिथि गौतमले कार्यक्रममा बोल्दै इटहरीवासी न्यायप्रेमी भएकाले ईटहरीमा बिभिन्न संघ संस्थाहरुले आफ्ना गतिबिधीहरु अगाडी बढाएका छन् । स्वतन्त्र नागरिक समाजले देश र जनताको हितमा असल काम गरेर देशकै उदाहरणीय संस्था बन्न सकोस भन्ने कामना गरिन ।
त्यस्तै कार्यक्रममा बोल्दै कानुन ब्यावशायी उद्धव कटुवालले सरकारलाई राम्रोकार्य गर्न खवरदारी गर्न पनि यो संस्था को आवश्यकता रहेको बताए । स्वतन्त्र नागरिक समाज सुन्दरहरैचाका अध्यक्ष चिरन्जिवी शिवाकोटीले यो समाज सरकारको बिरोधी नभई राम्रो कार्य गर्न उत्प्रेरक भएको बताए ।
त्यसैगरेर, बक्ताहरु बोल्ने क्रममा स्वतन्त्र नागरिक समाज सुनसरीका संस्थापक सल्लाहकार शालिग्राम पाण्डेले निरिह र असाहयको लागि आमरुपमा बोल्ने र सरकारलाई राम्रो काम गर्न झक्झकाउन यो समाजको खाँचो रहेको बताए । त्यस्तै मिडिया कर्मी खगेन्द्र काकीले स्वतन्त्र नागरिक समाज परिवर्तनका लागि एउटा स्वच्छन्द समाज भएको बताएका छन् ।
कार्यक्रममा समाजका सल्लाहकार एवं शिक्षा पेशाकर्मी राजेन्द्र श्रेष्ठ, त्यस्तै समाजसेवी टिकाप्रसाद दंगालको बिषेश आतित्यमा उपस्थिति रहेको थियो । कार्यक्रममा समाजका बिभिन्न क्षेत्र, वर्ग र पेशाका बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो