काठमाडौ । बागमती प्रदेश फेन्सिङ्ग संघको आयोजनामा काठमाडौंमा तीन दिने फेन्सिङ्ग तालिम सम्पन्न भएको छ। तालिमको उद्घाटन नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो।
संघका सचिव अनुप कपालीका अनुसार तालिममा नेपाली सेना र शसस्त्र प्रहरी बलका गरि १२ जना खेलाडीहरूको सहभागिता रहेको थियो। अध्यक्ष श्रेष्ठले यस्ता तालिमहरूले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने र खेलाडीको मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए।
राष्ट्रिय प्रशिक्षक अभिषेक कार्की र ओमकारद्वारा सञ्चालित उक्त तालिममा सहभागी खेलाडीहरूले व्यावहारिक तथा सैद्धान्तिक दुवै सीप अभिवृद्धि गर्ने अवसर पाएका थिए।
समापन समारोहमा बागमती प्रदेश खेलकुद परिषद्की बोर्ड सदस्य कल्पना खड्का, बागमती प्रदेश फेन्सिङ्ग संघका अध्यक्ष निराकार मान सिंह रेग्मी लगायतका वक्ताहरूले सहभागी खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै फेन्सिङ्ग खेललाई थप व्यवस्थित र प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो