मेष – आज सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । केही अस्वस्थता महसूस हुनसक्छ, तर कामको दायित्व भने कम नहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, याद राख्नुहोस् । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु हितकर होला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । धनमाल हराउन सक्ने योग रहेको छ, सचेत रहनुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – दौडधुप र खर्च बढ्नेछ । मेहनतअनुसार फाइदा कमै हुने समय छ तापनि परिवारजनको साथले काममा उत्साह जगाउनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । चिताएको काममा बाधा हुँदा मन खिन्न रहला । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, ध्यान राख्नुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
मिथुन – समय शुभदायी छ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि राम्रै लाभ होला । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्नसक्छ । कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने देखिन्छ । साझेदारीको काम बन्नेछ भने यात्रामा सफलता प्राप्त हुनेछ ।
कर्कट – आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । अरूको भरपर्दा काम बिग्रन सक्ने योग छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आजको दिन रमाइलो यात्रा गर्ने अवसर जुर्ला । सामान्य कामको चापबाट फुर्सद पाइनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – आजको दिन धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । काम पूरा नहुनाले मन खिन्न रहला । पढाइलेखाइमा समय दिन नसकिएला । आज सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । सबल स्वास्थ्यका लागि मसलाजन्य खानादेखि एकदमै सावधान रहनुहोला । साथै भौतिक साधनको क्षतिले रुपैंया पैसाको हानी हुने योग छ । सन्तान पक्षबाट सुखप्रप्तिको योग छ । प्रेमभाव बढ्नेछ ।
कन्या – मिश्रित फलदायी समय छ । व्यस्तता वृद्धि हुनेछ । सद्विचारबाट अभिप्रेरित हुनेहरूलाई फाइदा हुने भएपनि अधीरताले काम बिग्रन सक्छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, ख्याल राख्नुहोला । आमोदप्रमोदको भाव जागृत हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीको काममा लाभ मिल्ने समय छ, तर सोचेअनुरुप मौकाको फाइदा उठाउन नसकिएला । हातहतियार एवम् सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । नयाँ काममा हात हाल्ने योग छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । सोखले खर्च बढाउन सक्छ, खर्च घटाउन विशेष प्रयत्न गर्नु हितकर होला । बोलीको प्रभाव वृद्धि हुनेछ, साथीभाइको साथ मिल्नेछ ।
वृश्चिक – मिश्रित फल प्रदान गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने लाभदायी काम प्रारम्भ गर्न सकिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउने प्रयत्न गर्नुहोला, लापर्वाहीले पछि पार्नसक्छ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु उचित हुनेछ ।
धनु – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । स्वास्थ्यगत समस्याले भने केही सताउन सक्छ । प्रयत्न गर्दागर्दै पनि सफलता हातलाग्न केही कठिनाइ पर्ने योग छ । दाम्पत्य सम्बन्धमा विवाद तथा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – रुचिका विषयमा लगानी बढाउन सकिने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रतिष्पर्धामा विजयी भइने र शत्रु कमजोर रहने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । व्यापारमा राम्रै फाइदा होला । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने येग छ । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्नु हितकर हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – कर्मबल बढ्नेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर जुर्ने समय छ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै होला । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला । आँटेका काम तत्काल सम्पादन हुने योग छ । कुनै नयाँ योजना कार्यान्वयनको तयारीमा हुनुहुन्छ भने केही समय थाती राख्नु उचित हुनेछ । आफन्तको साथ रहला ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो