पुराना एलपी ग्याँसका सिलिडर जोखिम बन्दै, आधा ग्याँस झन खतरनाक

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । मध्यपूर्व तनावले ग्याँस आयातमा असर परेपछि यतिखेर देशभर आधा सिलिण्डरको ग्याँस बिक्री वितरण भईरहेको छ । यसै पनि धेरै पुरा सिलिण्डर प्रयोगमा आइरहँदा घरायसी प्रयोगका लागि अत्यावश्यक मानिने खाना पकाउने एलपी ग्यास जोखिम बढेको छ भने झन आधा सिलिण्डर ग्याँस बिक्रीवितरण गर्न थालेपछि झनै ठूलो मारमा उपभोक्ता गरेका छन् । ग्यास सिलिण्डर विस्फोटका घटनाले जनधनको क्षति मात्रै नभई नियमन संयन्त्रको कमजोरीसमेत उजागर गरेको छ ।

२०७८ सालमा मेचीनगर–८ मा भएको ग्यास सिलिण्डर विस्फोटमा ४५ वर्षीय सारद राजवंशीको ज्यान गुम्यो भने १२ जना गम्भीर घाइते भए । सोही वर्ष पुस २७ गते अर्जुनधारा–७ मा भएको अर्को विस्फोटमा ४२ वर्षीय रोमनाथ खनाल, उनकी पत्नी ३८ वर्षीया दुर्गा खनाल  र १८ वर्षीया छोरा पङ्कज खनाल घाइते भए । त्यसयता पनि जिल्लामा ग्यासजन्य आगलागी र विस्फोटका घटना दोहोरिँदै आएका छन् ।

सरोकारवालाका अनुसार यस्ता घटनाको प्रमुख कारण पुराना तथा मापदण्डविपरीत प्रयोग भइरहेका ग्यास सिलिण्डर हुन् । उद्योगीहरूले समयमै सिलिण्डर प्रतिस्थापन नगर्दा उपभोक्ताको भान्सा नै ‘उच्च जोखिम क्षेत्र’ मा परिणत भएको उनीहरूको भनाइ छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया