इटहरी । काडमाण्डौ दशसरथ रंगशालाको कभर्डहलमा भएको छैठौ राष्ट्रिय फेन्सिङ्ग प्रतियोगीतामा त्रिभुवन आर्मी क्लवका उपेन्द्र शाहिले पहिलो स्वर्ण पदक जितेर च्याम्पियन वनेका छन् ।
नेपाल आर्मीका रघुविर चन्द र सुदुरपस्चिम प्रदेशका जलिन्द्र शाहिले कास्य पदक जितेका छन् भने महिला तर्फ एपीएफ क्लवका अनिता कार्कीले स्वर्ण पदक जितेकी छिन त्यसै गरी गण्डकी प्रदेशकी कृपा गुरुङ्ग र एपीएफ क्लवको जानुका स्याङतानले कास्य पदक जितेका छन् ।
नेपाल फेन्सिङ्ग संघको आयोजनामा ३ दिन सम्म भएको प्रतियोगीतामा गण्डकीले २ रजत ४ कास्य सुदुरपस्च्मिले १ रजत ३ कास्य र कोशी प्रदेशले १ कास्य पदक जितेको छ । प्रतियोगीतामा वागमती,गण्डकी,कोशी,सुदुरपस्चिम प्रदेश तथा विभागीय टिम नेपाल आर्मी र एपीएफ गरी ६ टिमको सहभागीता रहेको थियो ।
फेन्सिङ्ग खेललाई थप उचाइमा पु¥याउनका लागी ब्यक्तिगत तर्फ वाट र संघको तर्फ वाट रहपल प्रयास रहने साथै यस खेलको विकासका लागी अहोरात्र खट्ने नेपाल फेन्सिङ्ग संघका केन्द्रिय अध्यक्ष सुनिल कुमार श्रेष्ठले बताएका छन् । कुनै पनि खेलको विकास पर्वदनका लागी राज्यको तिनै तप्का केन्द्र,प्रदेश,स्थानिय तह मात्र भएर पुग्दैन यसका लागी जनमानसको चासो र सहानुभुतीको जरुरी रहेको समेत अध्यक्ष श्रेष्टले बताएका छन् ।
प्रतियोगीतामा पुरुष तर्फ नेपाल आर्मीका उपेन्द्र शाही र महिला तर्फ एपीएफकी अनिता कार्की उत्कृष्ट खेलाडी भए र दुवैले १०,१० हजार नगद पुरस्कार पाए कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ,नेपाल ओलम्पिक कमीटीका अध्यक्ष जिवन राम श्रेष्ठ,राष्ट्रिय खेलकुद विकास परिषदका सदस्य अन्जन धमला,नेपाल फेन्सिङ्ग संघका उपाध्यक्ष निराकरमान शींह रेग्मी,उपाध्यक्ष हेल्गा राणा,उपाध्यक्ष विजय शाही लगायतको उपस्थीती रहेको थियो ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो