धनकुटा । पर्डेप नेपालद्धारा धनकुटामा दशै तिहार, नेपाल सम्वत, छट, मंसिरे पूर्णिमा लगायतका आउँदै गरेक सबै चाड पर्वहरुको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका आकर्षक प्रदेश पूर्व राज्य मन्त्री तथा प्रदेश सांसद निरन राईले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले आपसी सद्भाव र एकता कायम हुने गरी चाड पर्व मनाउदै आएको बताए ।
जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रि राईले सवै पर्वहरुले धनकुटाको विकासको निम्ति जिल्लावासीहलाई एकजुट बनाउने बताउँदै शुभ कामना दिएकी थिइन् । धनकुटा नगरपालिकाका कार्यवहाक नगर प्रमुख हिमादेवी खनालले चाड पर्वले नेपालीमा उत्साह र उर्जा थपेको बताईन् ।
कार्यक्रमका अध्यक्षता पर्डेप नेपाल धनकुटाका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले गरेका थिए । शुभकामना आदन प्रदान कार्यक्रममा प्रदेश सभाका निर्वतमान सांसद कुसुम कुमारी श्रेष्ठ, भूमी आयोजक धनकुटका अध्यक्ष बल बहादुर राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा नगरपालिका वडा नं. ८ का अध्यक्ष रस वहादुर राई, वडा नं. ९ का वडाध्यक्ष टंक रोईला, नेपाल नेत्र ज्योती संघका केन्द्रिय कोषाध्यक्ष दोर्ण गुरागाई, नेपाल रेडक्रस सोसाईटीका प्रदेश अध्यक्ष नरेन्द्र पोखरेल, सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निर वहादुर थापा लगायतले सवै चाड पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुलुकमा सवै प्रकारको संकट भएकोले संकटलाई अन्त्य गर्न सवै एकजुट हुनुपर्ने बताएका थिए ।
पर्डेप नेपालका कार्यक्रम अधिकृत खिन्द्र अधिकारीले संचालन गरेको सो शुभकामना आदन प्रदान कार्यक्रममा पर्डेप नेपालका कार्यकारी निर्देशक मिन सुवेदी, पूर्व अध्यक्ष खेम घिमिरे, गैसस महासंघ धनकुटाका उपाध्यक्ष संगिता चापागाई, गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई, गैससकर्मी केदार दाहाल, यूवा समाजसेवीहरु वसन्त राई, युवा तिम्सिना, हुसाडेकका अध्यक्ष सरोज भूजेल, सचिव खेम लाम्मिछाने थापा, सूर्य सापकोटा, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी वहादुर लम्जेल लगायतका सबै सहभागीले सहभागीहरुले एक आपसमा शुभकामना आदन प्रदान साटासाट गरेका थिए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो