दमक बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा सम्पन्न

खगेन्द्र कार्की

दमक/ दमक सहकारी संस्थाले १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमकको पशुपतिनाथ मन्दिरको सभाहलमा बिहीबार सम्पन्न सो साधारणसभाको प्रमुख आतिथ्यता दमक नगरपालिकाका नगरप्रमुख राम थापाले गरेका थिए ।

संस्थाका अध्यक्ष पुण्यप्रसाद ढुंगानाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा संस्थाका उपाध्यक्ष हिमालय प्रसाद दाहालले स्वागत मन्तव्य राखेका थिए ।  

सो कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष टेकबहादुर थापा, दमक बहुमुखी क्याम्पसका अध्यक्ष ढुण्डीराज भण्डारी, वडा नं. ७ का वडाअध्यक्ष भिम पौडेल, यज्ञराज गिरी, प्रकाश बुढाथोकीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उक्त सहकारीको पूर्व तथा वर्तमान पदाधिकरीहरुका आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै वडा नं. ६ का वडाअध्यक्ष थापाले लामो इतिहास बोकेको सहकारी भएकोले सदस्यता बढाउन जरुरी रहेको बताए । उनले अन्य देशको उदाहरण समेत दिँदै सहकारीले धेरै काम गरेको भन्दै दमक सहकारीले पनि पैसाको मात्र कारोबार नगरी व्यवसायिक काममा अगाडि बढ्नु पर्ने औल्याएका छन् । उनले नगरपालिकासँगको समन्वय हुने काममा सहकार्य गर्दै फोहोरको विषयमा गरिएको निर्णयलाई जनस्तरबाट कार्यान्वयन गर्न सबैको साथ र सहयोग हुनुपर्ने समेत औंल्याएका छन् । उनले कुनै व्यक्ति संस्थामा आवद्ध हुने र निस्कने स्वतन्त्रता रहने गरी अगाडि बढ्न सुझाव दिए ।

संस्थाका सचिव भवकृष्ण खतिवडाले सञ्चालन गरेको सो कार्यक्रममा भिम प्रसाद पौडेल, ढुण्डिराज भण्डारी, शेर बहादुर भट्टराई, पूर्व अध्यक्ष धनबहादुर भट्टराई, सुमित्रा प्रसाई, देवी प्रसाद दाहाललगायतले कार्यक्रमलाई शुभकामना मन्तव्य राखेका थिए । २ सय ६५ जना शेयर सदस्यबाट सुरु भएको दमक सहकारी संस्थाको हालको शेयर सदस्य  ४ सय ९० जना पुगिसकेको सहकारीका अध्यक्ष पुण्यप्रसाद ढुंगानाले बताए । ‘सहकारीमा सुशासन ः प्रविधि र एकिकरण’ नाराका साथ सहकारी अभियानमा जोडिएर क्षेत्राधिकार भित्र बसोबास गर्ने आर्थिक पहुँच कम भएका शेयर सदस्यहरुको समृद्धिको यात्रालाई सार्थक तुल्याउँदै आएको छ ।

यस सहकारीको शेयर पूंजी ७ करोड ६६ लाख ६० हजार, निक्षेप २६ करोड ५३ लाख ५९ हजार ८ सय ९७, ऋण लगानी २२ करोड ७६ लाख १० हजार ८ सय १३ रहेको प्रतिवेदनमा उल्लेख छ । सो कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट बालबचतकर्ता श्रेयस दाहाल, मेरिस भट्टराई, एसईईतर्फ आज्ञाश्री कुँवर, सुदिन सिग्देल, ऋषभ पौडेल, कक्षा १२ तर्फ निशा काफ्ले र सुजल भट्टराईलाई नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको थियो । यसैगरी उत्कृष्ठ ऋणी डा. कमल प्रसाद सुवेदी, पार्वती राई, चन्द्रप्रसाद काफ्ले र मान बहादुर अधिकारी थिए भने उत्कृष्ट वचतकर्ता तर्फ दिपक चौधरी, घनश्याम गौतम, चन्द्रप्रसाद भट्टराई, र रमेश कुमार रेग्मीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । यसैगरी ज्येष्ठ शेयर सदस्य तर्फ हरिप्रसाद राई, महेन्द्र चौधरी, होम बहादुर नेपाल, खड्ग बहादुर राया क्षेत्री, लक्ष्मीकाजी श्रेष्ठ, जित बहादुर धिमाल, नन्दलाल आचार्य, पदम बहादुर कार्की, बलभद्र अधिकारी र छविलाल छिमिरेलाई नगद, दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको संस्थाका व्यवस्थापक घनेन्द्र भट्टराईले जानकारी गराए ।

खगेन्द्र कार्की
प्रतिक्रिया