फिफा विश्वकपका तीन आयोजक देशहरु (अमेरिका, क्यानडा र मेक्सिको) प्रि क्वार्टरफाइनलबाट बाहिरिएका छन् । यसपटक ४८ टोली सहभागी विश्वकपमा आयोजक तीनै देशले समूह चरण र राउण्ड अफ ३२ पार गरेका थिए । तर क्वार्टरफाइनल भने पुग्न सकेनन् । अमेरिकाले समूह चरण पार गरेपछि राउण्ड अफ ३२ बोस्निया एण्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । तर राउण्ड अफ १६ मा भने बेल्जियमसँग पराजित भयो । मंगलबार विहान नेपाली समयअनुसार ५ः४५ बजे भएको खेलमा चार्ल्स डि केटेरेले २ गोलसहित बेल्जियमले चार गोल गर्यो । अमेरिकाले १ गोल फर्काउँदै प्रतियोगिताबाट बाहिरियो । क्यानडाले यसपटक इतिहासमै पहिलोचोटी नकाउट चरण पुग्यो । राउण्ड अफ ३२ मा उसले दक्षिण अफ्रिकालाई १(० ले हराएर प्रि(क्वार्टर फइनलमा मोरक्कोसँग भेट पक्का गरेको थियो । तर ३–० गोल अन्तरले पराजित हुँदै विश्वकपको यात्रा टुंग्यायो । अर्को आयोजक मेक्सिकोले घरेलु मैदानको फाइदा उठाउँदै राउण्ड अफ ३२ मा इक्वेडरलाई २० ले पाखा लगाएको थियो । तर राउण्ड अफ १६ को भिडन्तमा भने उसले बलियो टोली इंग्ल्याण्डको सामना गर्नुपर्यो । रातो कार्ड खाएर १० खेलाडीमा सीमित हुँदा हुँदै पनि इंग्ल्याण्ड मेक्सिकोको आगामी यात्राको सपना चकनाचुर पार्यो । यसरी जुलाई ५, ६, ७ सम्म आइपुग्दा तीनै उत्तरी अमेरिकी आयोजक राष्ट्रको यात्रा घरेलु मैदानमा समाप्त भयो ।
२३ असार २०८३, मङ्गलबार १२:२३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो