काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित तीनवटा अभियोगमा अनुसन्धान गरिने भएको छ । प्रहरीले ती अभियोगमा अनुसन्धानका लागि म्याद थप गर्न भन्दै उनीहरुलाई अदालतमा उपस्थित गराएको छ । त्यसबाहेक ३० जनालाई भने आपराधिक उपद्रवको अभियोग लगाइएको छ ।
अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा १० दिनेको म्याद थप भएको छ ।
चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो । दुगाई प्रसाईंको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले समर्थन गरेको थियो भने राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएको थियो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सुवेदी नेतृत्वको समितिको सदस्य सचिव र महामन्त्री राणा आन्दोलन परिचालन समितिमा थिए । प्रसाईंलाई भने ‘जनकमाण्डर’ तोकिएको थियो । प्रदर्शनमा मिश्र र राणा सहभागी रहेको र उनीहरूले प्रदर्शनकारीलाई भड्काएको आरोप छ । मिश्र र राणालाई हतकडी लगाएर म्याद थपका लागि काठमाडौं अदालत उपस्थित गराइएको छ ।
यता शुक्रबारको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन् । आइतबार उनले फेसबुकमा भिडिओ राख्दै आफू काठमाडौंकै कुनै मन्दिरमा बसेको उल्लेख गरेका छन् । प्रहरीले संगठित अपराधमा पनि अनुसन्धान गर्ने भएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ । चैत १५ गते तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बेग्लाबेग्लै ८ वटा पत्र काटेर ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो